शुक्रबार २२ मंसिर २०८०

झापा/ झापाको होटल मेची क्राउनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए । शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ ।

यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए । जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन् ।

पुर्वराजाको जनता मोह

नेपालका पुर्व राजपरिवार नाइट क्लबमा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रिसरा त कहिले लिक्विड लन्जमा आइरहन्छन् । उनीहरुको तस्बिर जब समाजिक संजालमा अपलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ । गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगाईरहेका थिए ।

यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे । युवाको जमात झनै वाइल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’ को नारा नलगाई बस्नै सक्नेन । पुर्वराजपरिवारको शालिन विशेषताले जनतालाई झन् नजिक पुर्योइरहेको अवस्था छ ।

पुर्व युवराज पारश शाह निरन्तर विवादमा आइरहदा पनि राजपरिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन् । शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्लबहरुमा देखिन्छ । जब युवाको जमातसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । जे होस्, पारशको धमिलो छवि भएपनि पुर्वराजा र राजपरिवारले जनतासँग देखाएको व्यवहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई शक्तिशालि बनाइरहेको छ ।

पुर्वराजा नाच्दा हल्लिने गणतन्त्र

केहि समअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?’ भनी प्रश्न गरेका थिए ।उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका हुन् । पुर्व राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए । उनी नाचेको भन्दै प्रचण्डले त्यसको विरोध गरेका थिए । ‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो ।

गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छु, कैलालीको धनगढीमा प्रदेश नं.७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई प्रशिक्षण दिने क्रममा थापाले बताएका थिए । थापाले सो सम्बोधनमा गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुने बताए । उनले प्रचण्डले राजाको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप समेत लगाए । उनले भने, ‘कसैको व्यक्तिगत नीजि जीवनमाथी टिप्पणी गर्नु एउटा वरिष्ठ नेतालाई सुहाउने कुरा होइन ।’ प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको थापाको भनाइ थियो । हे’र्नुहोस् भिडियो:-

१२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया