
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा वि’वादलाई लिएर उत्पन्न अस’मझदारी अब हटिस’केको बताएका छन् । बिबिसी हिन्दीलाई हालै दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग भारतले अति’क्रमण गरेको र उक्त भूभाग आफ्नो नक्सामा प्रकाशित गरेको विषयलाई लिएर असम’झदारी सुरु भएको थियो । उक्त भू-भागलाई दुवै मुलुकले आ–आफ्नो नक्सामा प्रकाशित गरे पनि सम्वा’दबाट समस्याको समाधान गर्ने प्रक्रिया भने अझैसम्म पनि बढ्न सकेको छैन ।
प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दुइ देशबीचमा कुनै बेला अस’मझदारी उत्पन्न भएको तर अहिले त्यो अस’मझदारी हटिसकेको बताएका छन् । उनले कुनै बेला असम’झदारी थियो भनेर त्यसैमा अल्झि’रहन नहुने पनि बताएका छन् । ‘हामीले भविष्यतर्फ हेर्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने ।
ओलीले छिमेकीबीच समस्या हुने बताएका छन् । ‘चिली वा अर्जेन्टिनाका से’नासँग न तपाईँको प्रेम हुन्छ न त घृ’णा नै हुन्छ । किनभने हामी त्यहाँ जाँदैनौँ र उनीहरू यहाँ पनि आउँदैनन् । जब छिमेकीको कुरा हुन्छ त्यहाँ प्रेम र सम’स्या दुईओटै कुराहरु भइ नै रहन्छन्,’ उनले भनेका छन् । नाग’रिक दैनि’कबाट , फा’ईल तस्विर ।