
काठमाडौँ / काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधा’ज्ञाको उल्लं’घन गर्ने भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरि’वाना तिराउने आ’देश दिएका छन् । प्रजिअ पराजुलीले निषेधाज्ञाको आदे’श उल्लं’घन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरि’वाना ति’राउने आ’देश दिएका हुन् ।
सरकारले केही दिन अघि जारी गरेको कोभिड–१९ सं’कट व्यवस्थापन अध्यादेश, २०७८ मा आ’देश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवा’ना ति’राउन सक्ने अधिकार दिएको छ । सोही प्राव’धान अनुसार भाटभटेनीलाई ज’रिवाना तिराउने आदे’श गरिएको सीडीओ पराजुलीले बताए ।
सोमबार दिउँसो काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्व’को टोली छ’ड्के जाँ’चका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा निषेधाज्ञाको उल्लं’घन गर्दै सामान बिक्री गरेको पाएको थियो । स्टोरबाट प्रह’रीले म्यानेजर सागर गुरुङलाई पनि प’क्रा उ गरेको थियो । उनलाई हाल प्र’ह री वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।