
काठमाडौँ / नेपाल प्रह’रीको साइबर व्यू’रो काठमाडौँले सामाजिक सञ्जालको दुरु’पयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यू’रोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अम’र्यादित कार्य गर्ने, चरि’त्र ह’त्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्याना’कर्षण गराउँदै त्यस्ता कार्य नगर्न÷नगराउन आग्रह गरेको हो ।
व्यू’रोका प्रवक्ता प्र’हरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधा’ज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचे’त गराइएको बताउनुभयो ।
सामाजिक सञ्जाल फे’सबुक, टिक’टक, यु’ट्यूबलगायतमा व्यक्तिको तस्विर, भिडियो दुरुप’योग गर्दै प्रचलित का’नुनले प्रकाशन तथा प्रदर्शन गर्न रो’क लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरु’द्धका सामग्री कसैप्रति घृ’णा वा द्वे’ष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐ’न, २०६३ अन्तर्गत का’रवाही हुने जनाइएको छ । साथै, त्यस्ता गतिविधि गर्ने उप’र प्रचलित का’नुन वमोजिम ब्यू’रोबाट का’रवाही हुँदै आएको र कतिपय सूचना, निवेद’नहरु निरन्तर अनुस’न्धानको क्रममा रहेको समेत व्यू’रोले जानकारी गराएको छ ।
यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषे’धाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधा’ज्ञा उल्लङ्घन गर्ने तीन हजार ९६६ वटा सवारी साधनलाई नियन्त्र’णमा लिई चालकलाई सचे’त गराएर छाडिएको प्र’ह री प्र’धान कार्यालयले जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जो’खिम न्यूनिकरणका लागि नेपाल प्रह’रीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४२ जनालाई निःशुल्क मास्क वितरण गरिएको र हालसम्म ४ लाख ५३ हजार लाई मास्क दिइसकिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्र’णका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लं’घन गर्ने ६१६ जनालाई कोभिड–१९ स’ङ्कट व्यवस्थापन अध्या’देश, २०७८ बमोजिम रु ७५ हजार ३०० रुपैयाँ जरि’वाना गरिएको प्र’हरीले जानकारी दिएको छ ।