
हुम्ला / चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा ख’टिएका सुर’क्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अ’भाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अ’भाव भएको हो ।
हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सश’स्त्र प्र’हरी ४४ नम्बर गुल्म हुम्लाबाट प्र’हरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सु’रक्षा दिँदै आएको छ । सश’स्त्र प्रह’रीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्य वस्तुका सामान लगायतको अ’भाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताउनुभयो ।
यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सीमा सुर’क्षामा खटिएको सुर’क्षाकर्मीलाई तरकारी र तेलको त झनै बढि सम’स्या भएको उहाँले बताउनुभयो ।
हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुर’क्षाकर्मीहरुले साना ठूला सम’स्याहरुसँग जुधिरह’नुपरेको छ । हिउँदको तीन महिना भा’री हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शस’स्त्र प्र’हरी ब’लको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुर’क्षामा खटिएको हो ।
हिल्सामै स्थापना भएको नेपाल प्रह’रीको प्र’हरी चौ’की भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सश’स्त्रको बिओपी यो वर्ष पहिलो पटक हिल्सामा बसेको हो । सीमा सुर’क्षा राष्ट्रको संवे’दनशील पक्ष हो । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमा क्षेत्रमा खटिने सुरक्षाक’र्मीले विभिन्न सम’स्या र चुनौ’तीको सा’मना गर्नुपरेको छ ।