
पोखरा / भारतीयहरुको स्वामित्वमा पोखरामा सञ्चालित मणिपाल मेडिकल कलेजका कर्मचारीहरुले उपचारमा गएकाहरुसँग रकम माग्दा नेपालीमा बोल्छन् । तर, समस्या आए हिन्दी भाषा प्रयोग गर्दै विरामी लखे’ट्ने गर्छन् । बर्षौदेखि मणिपालले देखाउँदै आएको यो ह’र्कत अहिले को’रोना का’लमा झनै मौलाएको छ ।
उपचार खर्च बुझाउँन नसक्दा २१ दिने संक्रमित शिशु अस्पालतबाट निका’लिएका छन् । यस अघि ४५ दिनकी संक्रमित शिशु पनि उपचार खर्च तिर्न नसक्दा निका’लिइन् । दुर्भाग्य निकालिएकी ती शिशुले उपचारका लागि आश्रय पाएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रा’ण त्या’गिन् ।
यतिमात्र नभइ मणिपालले उपचारका लागि तोेकेको च’र्को शुल्क तिर्न नसक्नेहरु मध्यरातमा रुँ’दै नि’स्कनु परेका घट’नाहरु धेरै छन् । उपचार खर्च जुटाउन सक्ने संक्रमितको उपचार मणिपालमा हुन्छ तर खर्च जुटाउन नसक्ने भने जतिखेर पनि निका’लिन सक्छन् । किनभने उसले गर्ने धर्म भनेकै यहि हो ।
त्यसमाथि संघीय सरकारले निशुल्क उपचारका लागि सम्झौता गरेर कोभिड अस्पताल तोकेको यो अस्पतालमा निशुल्कको कतै नाम छैन भने नेपाल सरकारको नियम आफुले मान्न आवश्यक नभएको झैँ व्यवहार अस्पालले देखाउँदै आएको छ ।
कहाँ हुन्छ सरकार निशुल्क उपचार ?
कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुन्छ भन्छ सरकार । तर अस्पतालहरुमा धरौंटी र उपचार खर्च बुझाउन नसकेर विरामीहरुको विचल्ली भईरहेको छ । कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न सरकारले सम्झौंता गरेका पोखराका केही निजी तथा सामुदायिक अस्पतालहरुले नैं विरामीलाई उपचार खर्च व्यहोर्न नसकेको भन्दै धमाधम नि’काली रहेका छन् ।
मणिपाल शिक्षण अस्पताल पोखरा नजिकै डेरामा बस्ने रोल्पा सुनछहरी गाँउपालिका–७ जेलबाङका जानबहादुर बुढाले धरौंटी रकम र अन्य उपचार खर्च बुझाउन नसकेपछि २१ दिनको कोरोना संक्रमित शिशु जसलाई जण्डिस भएकै अवस्थामा अस्पतालले निका’लेको छ ।
मेडिकल एडभाईस बिना डिस्चार्ज (लामा)को पेपर थमाएर डिस्चार्ज समरीमा उपचार खर्च तिर्न नसकेको र गरीब भएकैकारण उपचार गर्न नसकिएको कुरा स्पष्ट उल्लेख गरिएको छ ।
मणिपालको मेनु : ९० हजार धरौटी, २२ देखि २८ हजार उपचार खर्च
मणिपाल शिक्षण अस्पतालमा नै जन्मिएका उक्त शिशुलाई एनआइ’सीयु वार्डमा भर्ना गर्ने बेलामा १० हजार रुपैयाँ धरौंटी, कोरोना पुष्टि भएपछि थप ९० हजार धरौंटी र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च लाग्ने भन्दै तत्काल रकम जम्मा गर्न अस्पताल प्रशासनले भनेको थियो ।
वैशाख २३ गते सोही अस्पतालमा जन्मिएको २१ दिने उक्त शिशुलाई मणिपालमा यस अघि जानबहादुरले तीनदिनसम्म एनआईसीयूमा उपचार गराएका थिए । फेरि जेठ १२ गते मनिपालमा भर्ना गरेका उक्त शिशुलाई कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
जण्डिस भएकै अवस्थामा निकालिएका शिशुको यता निशुल्क उपचार
मणिपालले कोरोना संक्रमित र जण्डिसले च्या’पेको २१ दिने शिशुलाई गरीब भएकै कारण उपचारबाट बञ्चित गराएपछि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले निशुल्क उपचार गरिरहेको छ ।
४५ दिने शिशुले यसरी गु’माईन् ज्या’न :
मणिपाल शिक्षण अस्पतालले २१ दिने यो शिशुलाई मात्र नभई यस अघि पोखरा वडा नं. २८ बस्ने मानबहादुर बिककी ४५ दिने छोरी ईशालाई पनि यसरी नै उपचार नगरी जेठ १५ गते डिस्चार्ज गरिदिएको थियो । हा’र गु’हार गर्दा गर्दै उक्त बच्चालाई अन्तिम अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याए पनि धेरै रोगहरुले च्या’पिसकेको हुँदा बचा’उन नसकिएका उपचारमा संलग्न चिकित्सकहरुको दुखे’सो छ ।
आमालाई मध्यरातमा निका’लेपछि शिवको रो’दन :
विगत ३ वर्षदेखि मृगौंलामा समस्या भएर मणिपाल शिक्षण अस्पतालमा नै आमाको डायलिसिस गराउँदै आएका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ६ का शिव केसीले पनि जेठ २२ गते राति २ बजे वृद्ध आमालाई बोकेर मणिपाल शिक्षण अस्पतालबाट बाहि’रिनु पर्यो । अस्पताल प्रशासनले भने जति धरौंटी रकम र उपचार खर्च बुझाउन नसकेपछि रातको २ बजे आमालाई लिएर गु’हार माग्दै उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका थिए ।
विच’ल्ली पारेका कथा धेरै छन् मणिपालमा :
यति मात्र नभइ पोखराको बाग्लुङ बसपार्कमा रहेको साहारा अस्पतालले पनि कोरोना संक्रमित विरामीलाई यसै गरी विच’ल्लीमा पारेको छ । पाल्पा घर भई अस्पताल नजिकै नदीपुरमा डेरा गरी बस्ने दानबहादुर विसुवाका ४ जना परिवार मध्ये ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोही अस्पतालमा कोरोना परीक्षण गरेका उनको आफूसहित श्रीमती र ६ वर्षको बच्चामा कोरोना संक्रमण देखिएको थियो ।
सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि भन्दै देशभरका एकसय ११ वटा भन्दा बढी निजी तथा सामुदायिक अस्पतालहरुसँग सम्झौंता गरेको छ । जहाँ कोरोना संक्रमितका लागि सरकारले नै पैसा उपलब्ध गराउँदछ । प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५ सय रुपैयाँदेखि १५ हजारसम्म सरकारले उपलब्ध गराउने सहमति नै गरेको छ । गत जेठ ६ गते पोखराका दुई निजी अस्पतालहरु मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल शिक्षण अस्पतालसँग पनि सरकारले सम्झौंता गरेको थियो ।
तर मणिपाल शिक्षण अस्पतालले सिलसिलावद्ध ढंगले सरकारसँग गरेको सम्झौंता र संक’टको घडीमा पूरा गर्नुपर्ने मानवीय दायित्व समेत पूरा गरेको छैन । यसरी आर्थिक अभा’वकैं कारण सरकारसँग सम्झौंता गरेर पनि मणिपाल शिक्षण अस्पतालले बिरामीको उपचारमा बे’वास्ता गर्दै आईरहेको छ ।
यता, सरकारी अस्पतालमा कोरोना संक्रमितका विरामीहरुले निशुल्क उपचारका नाममा बिभिन्न सम’स्या झेलिर’हनु परेको छ । यस्ता प्रतिनिधिमूलक घट’नाहरु पोखरामा मात्र होइन, सरकारले सम्झौंता गरेको १११ भन्दा बढि निजी तथा सामुदायिक अस्पतालहरुमा दोहोरिरहेका छन् ।
यतिबेला कोरोना महामा’रीका बेलामा गरिब, वि’पन्न तथा मध्यम वर्गका जनताहरुलाई सरकारले भनेझैं निःशुल्क उपचार सेवा पाईरहेका छैनन् । नेपाल सरकारसँग सम्झौता गरेको निजी तथा सामुदायिक अस्पतालहरुले सम्झौता विप’रीत यस्ता कार्यहरु गरेको प्रष्ट देखिन्छ । – news 24 nepal बा’ट । भिडियो हे’र्नुहोस् :-