सोमबार ०१ कार्तिक २०७८

जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटा’एका छन् ।

ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खा’स्त गरिएको हो ।

उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत नै राखिएको छ ।

प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ । केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो । यो ख’बर आजको अन्न’पुर्ण पो’ष्टमा छ ।

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया