शुक्रबार २२ मंसिर २०८०

राजकुमार सिद्धार्थ युवा अवस्थामा नै श्रीमती, छोरा, बाबुआमा तथा राजकाज त्या’गेर रोग, शो’क तथा दुः’ख क’ष्टका कारण र त्यसबाट छु’ट्कारा पाउने उपायको खोजीमा निक्लेका थिए।

घुम्दाघुम्दै उनी भारतको गयामा पुगे। अनि सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसी ध्यान गर्न थाले। उनले पद्मासनमा बसेर केवल सास आवागमनको ध्यान गरे। मनको गहिराइमा डुबुल्की मा’र्दै गए। उनी विचारको उद्गममा पुगे। उनलाई दुःख–कष्टको कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो। सिद्धार्थ गौतम महात्मा बुद्ध भए।

गौतम बुद्ध दार्शनिक होइनन्। मेटाफिजिक्स तथा स्वर्ग र नर्कका बारेमा पनि उनलाई कुनै रुचि थिएन। उनलाई परमात्मा र परलोक सिद्ध गर्नु पनि थिएन। उनको रुचि मानिसको मनोविज्ञानमा थियो, मानिसको रोग र रोगको उपचारमा थियो। मानिस किन दुःखी हुन्छ ? मानिसको रोग के हो ? मानिसको रोग कसरी पैदा हुन्छ ? रोगको कारण र उपचार के हो ? यही नै बुद्धका मौलिक प्रश्नहरू हुन्।

बुद्ध पहिलो व्यक्ति थिए, जसले परमात्माको बिनाध्यान गर्ने विधि दिए। बुद्धले ध्यानका लागि परमात्माको कुनै आवश्यकता नै ठानेनन्। परमात्माको मात्र होइन, आत्माको धारणालाई समेत ध्यानका लागि आवश्यक ठानेनन्। बुद्धले भने, ध्यान त स्वास्थ्य हो। तिमी स्वस्थ्य हुन सक्छौ। स्वस्थ भएपछि तिमीले जे खोज्न चाहन्छौ, खोज्न सक्दछौ। म तिमीलाई रोग मु’क्त गर्न आएको हुँ। बुद्धले संसारलाई एक स्वास्थ्य शास्त्र दिएका छन्। सम्भवत उनी मानव जातिका पहिलो मनोवैज्ञानिक हुन्।

कग्निटिभ साइकोथेरापिष्ट (मनोचिकित्सक) हुन्। बुद्ध भन्छन्, ‘जस्तो सोच्छौ, तिमी त्यस्तै हुन्छौ।’ यो वैज्ञानिक तथ्य हो। त्यो किनभने कुनै पनि मानिसको व्यक्तित्व उसको सोच, बोलीचाली, उसले गर्ने व्यवहार तथा उसलाई समाजले कसरी हेर्छ भन्ने उसको दृष्टिकोण आदिबाट निर्माण हुन्छ। प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिभ मोडलका अनुसार चि’न्ता तथा डिप्रे’सनजस्ता मान’सिक सम’स्याहरूको प्रमुख कारण भनेको नै मानिसको सोच हो। यस मोडलका अनुसार नकारात्मक र अतार्कीक सोचले नै डिप्रे’सन लगायतका मानसिक रोगहरू पैदा गर्छ।

अधिकांश मनोवैज्ञानिक समस्याहरू पनि गलत सोचका कारण नै पैदा हुन्छन्। त्यसैले यस्ता रोग तथा समस्याहरूबाट मु’क्त हुन अतार्कीक तथा नका’रात्मक सोच हटा’एर तार्किक सकारात्मक सोच स्थापित गर्न जरुरी हुन्छ। यो नै वैज्ञानिक उपचार पद्धति हो।

उचित र तार्किक विचारहरूमा मनमस्तिष्क पुनर्संरचना गर्ने सामथ्र्य हुन्छ। अंगुलीमाललाई नै हेर्नुहोस्। एउटा विचारले ऊ ह’त्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो। साइ’कोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो।

आधुनिक मनोविज्ञानले यस कुरालाई स्वीकार गर्दै छ कि बौद्ध दर्शनमा जुन जुन तत्त्व छन्, ती आधुनिक चिकित्सा विज्ञानको करिब छन्। त्यसैले बौद्ध ज्ञान र बौद्ध मनोविज्ञानलाई आजको परिप्रेक्ष्यमा कसरी प्रभावकारी बनाउन सकिन्छ, यस कुराप्रति विशेष शोधको आवश्यकता छ। बौद्ध मनोविज्ञानले नका’रात्मक तथा अनै’तिक कार्य गर्दा व्यक्तिभित्र कुन कुन मनोवैज्ञानिक तत्त्व उपस्थित हुन्छन्, सकारात्मक व्यक्तित्व कसरी निर्माण हुन्छ, यसबारे विस्तारपूर्वक प्रकाश पारेको छ। चित्तका बारेमा गौतम बुद्धले बहुत ग’म्भीर उपदेश दिएका छन्।

मानिसको मन चञ्चल छ। अनुशा’सनहीन छ। मनका कारण नै मानिस अशा’न्त र दुःखि’त छ। बुद्ध मनोविज्ञान सुख र शान्ति प्राप्त गर्न अनुशा’सनहीन मनलाई नियन्त्रण गर्ने विज्ञान हो। यदि मानिसले यस विज्ञानलाई ठीकसँग बुझेर प्रयोगमा ल्याउने हो भने मानिसको मन प्राकृतिक स्वरूपमा आउँछ र मानिस भावनात्मक अज्ञा’नताहरू र त्यसले स्वतः ल्याउने दुःखबाट मु’क्त हुन सक्दछ।

बौद्ध मनोविज्ञानका अनुसार मानिसको शरीरमा विद्यमान पाँच इन्द्रियहरूले मनमस्तिष्कलाई निरन्तर सूचनाहरू उपलब्ध गराउँदछ। फलस्वरूप विभिन्न प्रकारका अनुभवहरू उत्पन्न हुन्छन्। शारीरिक तथा मान’सिक अनुभवद्धारा भौतिक संसारप्रति अनुराग जाग्दछ।

यही अनुरागका कारण नै मन अशान्त हुन्छ। दुः’खित हुन्छ। मानिसको दैनिक जीवन नै खलब’लिन पुग्छ। अनि मानिस अशा’न्त र दुः’खी मात्र होइन कि रो’गी पनि बन्न पुग्छ। त्यसैले मानिसको जीवनलाई खलब’लाउने हता’सा र निरा’शाहरूलाई सा’मना गर्ने प्रयास गर्न बुद्धको मनोविज्ञानले ठुलो सहायता पुर्‍याउन सक्दछ।

ध्यान बुद्ध मनोविज्ञानको महत्त्वपूर्ण पक्ष हो। बुद्धले ध्यानलाई नै बढी महत्त्व दिएका छन्। त्यो किनभने ध्यानले मनलाई नियन्त्रण मात्र गर्दैन कि मनभित्रको सत्य कुरा देखाइदिन्छ। जसरी आँखाले सांसारिक कुराहरू देखिन्छ, त्यसरी नै ध्यानले मन भित्रका सकारात्मक र नका’रात्मक कुराहरू सबै फो’होरमैला देखाइदिन्छ।

स्नायुविज्ञानले हालै एउटा क्रा’न्तिकारी खोज गरेको छ। त्यो के भने मानिसको मस्ति’ष्कको विकास एक निश्चित अवधिसम्म मात्र हुने भएता पनि मानिसको जीवनभरि नै मस्ति’ष्क परिर्वतनका लागि सधैं तत्पर रहन्छ। त्यसैले आठ वर्षको बालकको मात्र होइन कि ८० वर्षको वृद्धवृद्धाको मस्ति’ष्क पनि परिवर्तन हुन सक्छ।

जस्तो कि जब गर्भधा’रण हुन्छ, भ्रु’ण बन्ने प्रक्रियासँगै मस्ति’ष्कको विकास द्रुत गतिमा अगाडि बढ्छ। मानिसको बाल्यकालमै मस्ति’ष्कको उच्चतम विकास हुन्छ। एक वर्षको बालकको मस्ति’ष्कमा नै सबैभन्दा बढी न्यूरो’नहरू हुन्छन्। तर मानव मस्ति’ष्कमा एक असाधारण र अद्भूत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ। मस्ति’ष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्ति’ष्क पुनर्संरचना सम्भव हुन्छ।

मस्ति’ष्कको यही विशेषताका कारणले नै सिद्धार्थ गौतम महात्मा बुद्ध बनेको हुन्। त्यो किनभने बुद्ध जन्मँदै महात्मा बुद्ध भएर जन्मेका थिएनन्, अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए। तर बुद्धले मनद्वारा, ध्यानद्वारा मस्ति’ष्कलाई यसरी परिवर्तन गरेकी विश्व नै परिवर्तन भयो।

राजकुमार छँदा सिद्धार्थ गौतमको मस्ति’ष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्ति’ष्क अर्कै भयो। बुद्ध जन्मिनु भन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो। त्यो किनभने मनले मस्ति’ष्कको पुनर्संरचना गर्न सक्छ, जब मस्ति’ष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्छ, मानिस बुद्ध बन्न सक्छ, मानिस बुद्धिमान्, ज्ञानवान् र जागरुक बन्न सक्छ।

ध्यान मस्ति’ष्क पुनर्संरचनाको एक मनोवैज्ञानिक विधि हो। ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनःस्थिति मात्र स्थापित गर्दैन कि मानिसको चेतना आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पुर्‍याउँछ। अतिचेतनाको मनस्थिति नै सृजनशील बुद्धिको महासागर हो। त्यहाँबाट पैदा भएका हरेक विचार नै सृजनशील र दूरदर्शी प्रकृतिका हुन्छन्।

कुनै ग’म्भीर विषयमा निर्णय गर्नु पर्दा बुढापाकाले शान्त मनले सोचर निर्णय गर भन्नुको अर्थ पनि यही हो। लो’भ–ला’लच, घृ’णा–तृ’ष्णा, आग्रह–पूर्वा’ग्रह, ई’ष्र्या–द्वे’श, आ’वेग–उ’न्माद तथा रि’स–रा’ग आदि जस्ता मनोवि’कारहरूले नै मानिसको मनलाई अशा’न्त बनाउँछ, प्रदूषित बनाउँछ। यस्तो अशा’न्त र प्रदु’षित मनबाट सधैँ गल’त र घा’तक विचार नै उत्पन्न हुने गर्छ।

मनलाई शान्त बनाउन सबैभन्दा पहिला लो’भ, घृ’णा, स्वा’र्थ र बद’लाको भावनाहरू त्या’ग्नुपर्छ। मनबाट यस्ता कुभा’वनाहरू ह’टेपछि मात्र मन शान्त र स्थिर हुन्छ। मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सृजनशील, दूरदर्शी र शक्तिशाली हुन्छ। त्यसैले त मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्ति’ष्कमा ठूलो परिर्वतन देखा पर्छ। मस्ति’ष्कमा भएको यस्तो परिवर्तनले व्यवहारमा ठूलो छ’लाङ मा’र्छ।

त्यसैले हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकपूर्ण जीवनका लागि मस्ति’ष्क रिवायरिङ गर्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ। तर ध्यान गर्नुको मतलव आँखा ब’न्द गरी पलेटी क’सेर बस्नु मात्र होइन। ध्यानको परिभाषा व्यापक छ। हिँड्दा, बस्दा, खाँदा, पिउँदा तथा कुनै पनि दैनिक क्रियाकलाप गर्दा चेतनशील हुनु नै ध्यान हो। यही नै बुद्धको स्वास्थ्य शास्त्र हो। – ओम बानियाँ, अन्न’पुर्ण पो’ष्टबाट ।

६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया