शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकोमा आज रु ८८ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा रु १ हजार ३ सय ३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु १ हजार ३ सय ५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।

३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया