
विराटनगर / नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय दलको बैठकले दलका नेतालाई दिएको अधिकार प्रयोग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । माओवादी केन्द्रले आइतबार नै संसद सचिवालयलाई सो जानकारी समेत दिएका छन् ।
माओवादी केन्द्रले सरकारबाट ह’टे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । बजेट अधिवेशनको संघारमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुलाई रणनी’तिक मानिएको छ । सोमबारबाट प्रदेशको बजेट अधिवेशन सुरु हुँदैछ ।
प्रदेश सरकार गठनको समयमा माओवादी केन्द्र संसदीय दलको तर्फबाट नेकपा एमालेलाई समर्थन दिइएको थियो । एमाले र माओवादी मिलेर नेकपा भएपछि उनीहरु एउटै दलको सदस्यका रुपमा सरकारमा सहभागी भएका थिए ।
माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको बैठकले दलका नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दिएकोले सोही अधिकार प्रयोग गरेर सरकारबाट फिर्ता भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
पत्रमा मुख्यमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असं’वैधानिक कदमको स्वागत, समर्थन र सहयोग गरेको, अविश्वा’स प्रस्तावलाई सा’मना गर्नुको साटो संसदलाई छ’ले को, संसदीय मूल्यमान्यता प्रति अनुत्त’रदायी भएको, सरकार संचालनमा पूर्ण अस’फल भएको, कोभिड नियन्त्रण, रोकथाम र उपचार तथा सुशासन कायम गर्न अस’फल भएकोले समर्थन फिर्ता लिएको भनिएको छ ।
यता सरकारबाट फिर्ता हुने पत्रको जानकारी पाएपछि संसद सचिवालयले सोमबार सुरु हुने आठौं तथा बजेट अधिवेशनमा बैठक हलभित्रको सिट व्यवस्थापन पनि सुरु गरेको छ ।
सचिवालयले माओवादी केन्द्रलाई प्रति’पक्षी दलका रुपमा अ’लग्गै सिट व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ । सोमबार दिउँसो २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।