
बर्दिबास / ‘क्रसरवालाले तेरो छोरोलाई टिपरले खोलामा पि’चिदियो,’ सुतिरहेकी चन्द्रकला देवी महतोलाई ओछ्यानमै पुगेर कसैले सुनायो। २५ पौष २०७६ को झिसमिसे बिहानीमा उनी आँखा मि’च्दैं घर अघिको खोलामा दौ’डिन्। औरही खोलाको लिकमा उनको छोरो दिलीपको श’व थियो, प्रा’ण उडेर वि’लय भइसकेको थियो। चुरेको भावर क्षेत्रमा पर्ने खोलाको दोहन रो’क्न दिलीप र उनका साथी गएका थिए।
राति खाना खुवाएर सुताएको २५ वर्षीय छोरो दिलीप महतोको श’व चन्द्राकलाले देखेपछि उनी छाँ’गाबाट ख’सिन्। नौं महिना को’खमा राखेर जन्म दिएको दियो झैं समाजलाई उज्यालो दिएका छोरोको मृ’त्युको खबरले बे’होस् भइन्। ओछ्यानमा तातो पानी पुर्याएर सुत्न गएकी चन्द्रकलाका छोरा राति खोलामा भइरहेको उत्खनन रो’क्न गएका थिए। उनका साथी भागेर ज्या’न जो’गाए। तर, दिलीप त्यही मा’रिए। छिमेकीले एका बिहानै छोरो मा’रिएको खबर चन्द्रकलाको कानमा अझैं गु’ञ्जिन्छ।
आशाको दियो नि’भ्यो
१७ महिना अघिको धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरमा भएको यो घट’नाले चुरे दोहनले प्राकृतिक श्रोत मात्रै दोहन भइरहेको छैन त्योसँगै समाजमा अ’पराध मौ’लाएको देखाउँछ। ‘दिलीपको आँटिलो र जोशिलो स्वभाव देखेर साह्रै खुसी हुन्थेँ,’ चन्द्रकला भन्छिन्,‘ बाबु राम्रो गर, सबैलाई कल्याण गर, रग’त सबैको एकैनाश हो। कोही फरक हुँदैनन्। सहायता गर, सबैलाई सहयोग गर।’ घुसपेटको दुनियाँबाट बचेर अघि बढ्न उनकी आमाले सुझाउथेँ,‘ मेरो कुराले ऊ सधैं प्रेरित हुन्थ्यो।’
थोरै लगानीमा धेरै कमाई हुने भएपछि राजनीति संरक्षणमा क्रसरवाला ठेक्केदार चुरिया पहाड र भावर क्षेत्रको अत्या’धिक दोहन गरिरहेका छन्। मा’सु र’क्सी खुवाएर पे’स्तोल, खु’कुरी देखाउँदै, खोलाको दिउँसो दोहन भइरहेको छ। चुरे दोहन वि’रुद्ध अवाज उठाउने कतिपयको जीवन सूर्य अ’स्ताए जस्तै भएको छ।
चुरिया पहाड र भावर क्षेत्र क्रसर संचालकका लागि कमाउने ‘सेतो हात्ती’ उर्वर थलो र राजनीतिक तथा प्रशासनिक संरक्षण दिनेका लागि सधैं दुध दिने ‘लैनो भैंसी’ झैं छ। जनप्रतिनिधि र प्रह’री प्रशास’नलाई मिलाउन सकिएयो भने दोहन गर्नेको मु’ठ्ठीमा का’नुन पुग्छ।
दिलीपलाई स’हिद घोष’णा गर्नुपर्छ’
‘चुरेको अ’बैध दोहन समाजमा समा’प्त पार्ने कोरोना जस्ता एउटा वि’कृत महा’मारी नै हो,’ नेकपा एमाले महोत्तरी जिल्ला सदस्य रामहरी खतिवडा भन्छन्, ‘चुरे दोहनले समाजमा अप’राध गर्ने प्रवृत्ति मौलाउदैं गएको छ।’ यसवि’रुद्ध जनप्रतिनिधि र प्र’हरी प्रशासनले चासो नदिएको उनले बताए।
चुरेको भावर क्षेत्र दोहन गरेर क्रसरबाला धन कमाउन चाहन्थें भने दिलीप अवैधा’निक रुपमा भइरहेको बालुवा, गिट्टी, ढुङ्गा उत्खननलाई रोकेर आफ्नो सुन्दर थातथलो श्रीपुर गाउँ बचा’उन चाहन्थें। यो कुरा चुरे माफि’यालाई पचे’न।
चुरेको भावर क्षेत्रमा पर्छ श्रीपुर गाउँ। त्यो गाउँ नजिकै औरही खोला छ। चुरेको भावर क्षेत्रमा पर्ने त्यो खोलामा अवै’ध उत्खनन्ले गाउँलेलाई निकै सम’स्या हुन्थ्यो। हिउँदमा खानेपानी हाहाकार अनि वर्षामा बाढीले खेत क’टान गरिने। यो समस्या खोलाको जथा’भावी दोहनले उत्पन्न भएको थियो।
मृ’तक दिलीपका बुवा रामजीवन कक्षा नौ पढ्दै गर्दा खेतीकिसानीको कामले उनलाई पढ्नै दिएन। छोरो दिलीप (ओमप्रकाश)लाई इन्जिनियर पढाएर ठूलो मान्छे बनाउने उनले सपना देखेका थिए। छोराको ह’त्याले रामजीवनको सपना चक’नाचुर भयो।
‘सरकारले दिलीपलाई पर्यावरण स’हिद घो’षणा गर्नुपर्छ,’ मृ’तक दिलीपका बुवा भन्छन्, ‘चुरे संरक्षणका लागि उसले ब’लिदान दिएको छ, साधारण व्यक्तिगत कुराका लागि होइन।’
राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा क्रसर ड’नको बिग’बिगी छ। ड’नहरूको कब्जामा चुरे परेको छ। मधेसको जीवन संक’टमा पर्दै गएकाले पूर्वराष्ट्रपति डा.रामवरण यादव चि’न्तित छन्, चुरे बचा’उन सबैसँग हरेक मञ्चमा आग्रह गर्छन्।
पे’स्तोल देखाएर खोला उत्खनन्:
खोलाको अ’वैध उत्खनन रोक्न गएका धनुषाका दिलीपको क्रसर ड’नले ह’त्या गरेपछि चुरेका नदी–खोला गर्ने ड’नको प्रवृत्तिलाई झन उ’दाँगो बनाइदियो। त्यसअघि बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुश्वाहा पेस्तो’लसहित प’क्राउ परे। उनले त्यो पे’स्तोल देखाएर गाउँलाई धम्क्या’उँदै बडहरी खोलामा बालुवा, गिट्टी उत्खनन् गर्दै आएको अर्को तथ्यलाई बाहिर ल्यायो। अवै’ध उत्खनन् वि’रुद्ध बोल्दा मा’रिदिने ध’म्की दिँदै आएका उनलाई २५ जेठ ०७६ मा खोला बाटै उनलाई प्रह’रीले स्वचालित पेस्तो’लसहित प’क्रियो।
हति’यार लिएरै नदी उत्खनन गर्ने मनोजको न कुनै क्रसर उद्योग छ न त उनी ठेकेदार नै हुन्। उनी नदी खन्ने ठेकेदारको बा’उन्सको काम गर्थे। हति’यारसहित प’क्राउ पर्नुअघि उनी डकै’तीमा पनि मुछि’एको प्रह’रीले जनाएको छ।
सञ्चारकर्मीसहित कमैले चुरिया संरक्षण र यसको विषयमा बोल्ने, लेख्ने र बहस गर्ने हि’म्मत राख्ने गरेको महोत्तरीको बर्दिबासका कांग्रेस नेता महेश झा बताउँछन्। ‘त’स्कर वि’रुद्ध बोल्नेको जुनसुकै बेला ज्या’नको ख’तरा छ। कतिखेर चुरे माफि’याले कहाँ, कसबाट के गराइदिन्छ ?त्यसको ठे’गान छैन,’ उनले भने।
चुरे दोहनले बढाएको अ’वैध कार्यलाई नरोक्ने हो भने यसले समाजलाई प्राकृतिक, समाजिक, आर्थिक, सांस्कृतिक सबै रुपले चपे’टामा पर्छ। चुरेको काँखमा अवस्थित तराईमा देशको ५० प्रतिशत जनताको बसोबास छ।
दोहन रोक्न गएका कु’टिए:
महोत्तरीको रातु खोलामा भइरहेको उत्खन्न रोक्न गएका नेपाली कांग्रेसका कार्यकर्ता ठेक्केदार प’क्षबाट कु’टिए। बर्दिबास–९ पशुपतिनगरका विपिनकुमार महतो र लभकुमार सिंह त्यस घट’नामा घा’इते भएका थिए। ठूला यन्त्र प्रयोग गरेर खोला खन्न पाइदैंन।
महोत्तरीको बर्दिबास नगरपालिकाले संघीय सरकारले बनाएको कानु’नलाई लत्या’उँदै डोजर, जेसिबी, स्काइभेटर जस्ता ह्यावी मेसिन प्रयोग गरेर ठेक्केदारलाई रातु खोला खन्न दिन वैधानिक निर्णय नै गरेको छ। त्यसको अहिले च’र्को वि’रोध भइरहेको छ।
बर्दिबास नगरपालिकाले वातावरण प्रभाव मुल्यांकन गरेर खोला उत्खन्न गर्न ठेक्का लगाएको छ। तर, ठेक्केदारले मापदण्डको ध’ज्जी उडा’इएको छ भने नगरपालिकाले छुट दिएको छ।
सेटिङ मिलाएर भइरहेको अवै’ध उत्खनन तत्का’ल रोकेर का’रवाही बढाउन महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले मा’ग गरेका छन्। मापदण्ड विप’रित भइरहेको उत्खनन बारे मिडिया र जनस्तरबाट कुरा उठेपछि नेता पोखरेलले बुधबार साँझ प्रेस वक्तव्य सार्वजनिक गर्दै त्यसको वि’रोध गरेका हुन्।
राजनीतिक दल, प्र’हरी तथा प्रशासनको संरक्षणले प्राकृतिक स्रोतको दोहन भइरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्का बताउँछन्। ‘प्राकृतिक स्रोत समाजको साझा सम्पत्ति हो। त्यसलाई कसैले व्यक्तिगत फाइदाका लागि दुरुप’योग गर्नु आफैमा सामा’जिक अप’राध हो,’ उनी भन्छन्, ‘क्रसरवालाले चुरेबाट अ’कुत कमाउने अनि राजनीतिक दलबाट टिकट किनेर चुनाव जि’तेपछि देशको नीति निर्माण र निर्णय कस्तो हुन्छ होला ?’ विस्तारै तराई–मधेससहित देश क्रसरवालाको हातमा पुग्ने उनले उल्लेख गरे। ‘त्यसैले हाम्रा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ भन्ने आवश्यकता झन् बढेर गयो,’ खड्काले भने।
सर्लाहीस्थित बाँके खोलामा क्रसरवालाले अवै’ध रूपमा बालुवा–गिट्टी झिकेर ठूलो खा’डल बनाए। त्यसमा जमेको पानीमा डु’बेर चार वर्ष अघि ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित रायको मृ’त्यु भयो। क्रसरवालाको ज्याद’तीविरुद्ध स्थानीयले राजमार्ग सडक ब’न्द गराएका थिए। प्र’हरीले सडक खुलाउन गो’ली चलाएपछि २७ वर्षीय केवल महतोको ज्या’न नै ग’यो।
‘दोहनले मधेस मरुभू’मी हुन्छ’
चुरे संरक्षण अभियन्ताका नागदेव यादवका अनुसार चुरेको भावर क्षेत्र उत्खननले मधेश झनै असुर’क्षित बनेको छ। सबैभन्दा बढी क्रसर चुरेको भावर क्षेत्रमा संचालनमा छन्। प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसर, बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यवि’धि’ २०७५ स्वी’कृत गरेर मा’पदण्ड तोकेको छ। तर, अधिकांश उद्योग मा’पदण्ड पूरा नगरी सञ्चालित छन्।
चुरेविद् डा. विजय सिंहले भने, ‘चुरेको दक्षिणी भागको करिब १० किमि सम्म क्षेत्रमा भावर पर्छ। जुन पूर्णरूपमा चुरेको अति संवे’दनशील एरिया हो।’ नेपालको कुल क्षेत्रफलमध्ये १२ दशमलव ७८ प्रतिशत चुरे पहाड पर्छ। ‘चुरे गेग्य्रानले बनेको कमलो कान्छो पहाड हो। चुरेको अवैज्ञा’निक दोहन बढ्दै गए मधेस मरुभूमिमा परिणत हन्छ’, चुरे-तराई अन्तरसम्बन्धका जानकार डा. भन्छन् । – राजकरण महतो,अन्न’पुर्ण पो’ष्टबाट