मंगलबार ०७ चैत्र २०७९

टेक्सास(अमेरिका) / अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् ।

स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्व’न्द्वी एरिक बन्सलाई ह’राउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित हुनु भएको छ ।

चितवनका बासिन्दा रहनुभएका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताउनु भयो । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न रहनु भएको थियो । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढि मत ल्याउने उम्मेदवारबिच ‘रन अफ राउन्ड’मा चुनाव भएको थियो ।

१०९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया