
विराटनगर / विराटनगरस्थित बाल सु’धार गृहमा रहेका २२ जना बाल’कमा कोरोना संक्रमण पुष्टि भएको छ । ५० जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ ।
उमेर नपुगेका कै’दि ब’न्दी राखिने सु’धार गृहमा क्षमता भन्दा बढी बाल’कहरु राखिएका छन् । ५० जनाको क्षमता भएको सु’धार गृहमा १ सय ९३ जना बालक रहेका छन् ।
जेठ २ गते पहिलो पटक एक जना बाल’कमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप दुइजनालाई पोजेटिभ आएपछि पीसीआरको दायरा बढाइएको थियो । बाँकी बाल’कको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको महनगरपालिकाले जनाएको छ ।
बा’लगृहभित्र रहेको बाल’कहरुमा ज्वरो खोकी रुघा सामान्य लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको हो । पोजेटिभ आएका बालकलाई छुट्टै आइसोलेसनमा राखिएको सु’धार गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
पीसीआर परीक्षणको रिपोर्ट ढिलो आएकोे र अन्य बालकको परीक्षणमा ढिलाई भएको चौहानले बताए । संक्रमण पुष्टि भएका बा’लकहरुलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ ।
क्षमता भन्दा बढी एउटै कोठामा २५ जनासम्म बालबा’लिकाहरु राखिएका छन् । सो सु’धार गृहमा १४ वटा जिल्लाका बा’लकहरु रहेका छन् अदा’लतको आदे’शपछि उनीहरुलाई यस गृहमा राखिन्छ । १४ वर्षदेखि १८ बर्ष समूहका बा’लकहरु बा’ल सु’धार गृहमा रहेका छन् ।