सोमबार २० आषाढ २०७९

बुटवल/ रूपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्या’दती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् ।भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार दिउँसो सीमा नाकामा वि’रोध प्रदर्शन गर्दै नाका अव’रुद्ध गराएका हुन् ।

भारततर्फबाट नेपाल आउनका लागि नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि विरोध उत्रिएको उनीहरुले बताएका छन् ।भारततर्फ किनमेलका लागि आएका नेपालीलाई एसएसबीले सीमापारि जान दिएको थिएन ।

बुटवलबाट किनमेल गर्न आएकी मुना भण्डारीले चेकजाँचका लागि लाइनमा बस्दा एसएसबीका सुरक्षाकर्मीले आफुलाई अभ’द्र व्यवहार गर्दै उनीहरुको तालिम प्राप्त कुकुर छोडी दिएको गुनासो गर्नुभयो ।एसएसबीले ज्या’दती गरेको यो पहिलोपटक भने हैन ।

सीमामा एसएसबीको ज्या’दतीबारे यसअघि पनि कुरा उठ्दै आए पनि नेपाली सहेर बसेका थिए । शनिबार महिलामाथि कुकुर नै छोेडेपछि नेपालीहरुको धैर्यले जवाफ दिएको हो । उनीहरुले नेपालतर्फ इलाका प्रहरी कार्यालय बेलहिया अगाडि रहेको ब्यारिकेटर झारेर अन्तर्राष्ट्रिय नाका ठ’प्प बनाएका थिए ।यसअघि भारतकै व्यापारीहरुले एसएसबीको ज्यादती बढ्दै गएको विरोधमा दशगजामा एसएसबीविरुद्ध नै प्रदर्शन गरेका थिए ।

दशगजामै बसेका एसएसबीले नेपालबाट भारत जाने नेपालीलाई विभिन्न बहानामा दुःख दिने गरेका छन् । कोरोना समयमा बन्द भएको नाका अहिले सम्म सुचारु हुन सकेको छैन । (नेपाल समाचारपत्रबाट)

५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया