
सिमकोट / हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रति’बन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्र’तिबन्ध लगाइएको हो ।
कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रति’बन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ स’ङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना सङ्क्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रति’बन्ध लगाइएको उहाँले बताउनुभयो ।
हुम्लामा हवाई मार्गबाट ढुवानी भएको खाद्य तथा तरकारी लगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ । अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ । लामो समयसम्म मासु राख्दा बि’ग्रिने भएको कारण मासु आयातमै प्रति’बन्ध लगाइएको हो ।
सत्तरी प्रतिशत माग नेपालगञ्ज र सुर्खेतबाट आएको मासुले हुम्लामा धान्ने गर्दै आएको थियो । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेपछि हुम्लामा मासुको समस्या हुन थालेको छ । खसी कम पाइने भएकाले हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको हो ।
हुम्लामा कुखुराको मासु प्रतिकेजी रु ५५० पर्ने गथ्र्याे । मासु आयातमा प्रति’बन्ध लागेपछि आधा दर्जन व्यवसायी मा’रमा परेका छन् । कुखुराको मासु आयातमा प्रति’बन्ध लागेसँगै खसीको मासुको मूल्य भने आकाशिएको छ ।