
काठमाडाैँ / नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आ’पत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको वि’पक्षमा उभिएको ती नेताहरूको भनाइ छ ।
नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्यम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश हमालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी महतोको धारणाप्रति नि’न्दा व्यक्त गरेका हुन् ।
संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मु’क्ति संग्रा’मको कुरा गरेर राष्ट्रिय हित र अखण्ड’ताविरोधी अभिव्यक्ति दिनु निन्द’नीय छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । महतोलाई मन्त्री पदमा बहाली गराएका प्रधानमन्त्री ओलीले नेपाली जनतासामु यस वि’वादका बारेमा स्पष्ट जवाफ दिनुपर्ने उनीहरुको धारणा रहेको छ । याे ख’बर नागरिक दैनि’कमा छ ।