
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्यको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।
निषेधाज्ञा सुरु भएपछि निगमले दुई पटक इन्धनको मूल्य बढाएको हो । यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायको भनाइ छ । बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।