
काठमाडौं / नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आबद्ध १८ जनसंगठनले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर तत्काल नेपाली जनतासामू मा’फी माग्न अनुरोध गरेको छ ।
शनिबार जनसंगठनले प्रेस विज्ञप्तिमार्फत् उपप्रधानमन्त्री महतको अभिव्यक्ति देशको हि’तविपरीत रहेको भन्दै तत्काल जनतासामू मा’फी माग्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मुल मर्म विरु’द्धमा आएको यस अभिव्यक्तिको घो’र भत्र्स’ना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग मा’फी माग्न आग्रह गर्दछौं ।’
उपप्रधानमन्त्री महतोले २१ जेठ २०७८ मा नेपालको संविधानअनुसार सपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा नेपालमा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मु’क्ति आन्दोल’नको तयारी’ गर्ने बताएका थिए ।
त्यसपछि उपप्रधानमन्त्री महतोको अभिव्य’क्तिविरुद्ध चौतर्फी आवाज उठिरहेको छ । नयाँ पार्टी नेपालले शनिबार उनलाई देशको हि’तविपरीत काम गरेको भन्दै दे’श नि’काला नै गर्नुपर्ने मागसमेत गरेको छ ।
यसका साथै जनसंगठनले सरकारको उच्च ओहोदामा आसिन व्यक्तिले यस्तो अभिव्यक्ति दिनु बि’डम्बना मानेको छ । जनसंगठनले भनेको, ‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान वि’रुद्धमा छ ।
यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा–३ वि’परित छ । संविधानको म’र्म विप’रित कुनै पनि काम नगर्ने शप’थ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान वि’रोधी र अरा’जक अभिव्यक्ति आउनु असाध्यै बिडम्ब’नापूर्ण छ ।’