बिहिबार ११ आश्विन २०८०

काठमाडौं / उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई दे’श नि’काला गर्नुपर्ने मा’ग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपालले काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई दे’श नि’काला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट नि’लम्बन गरी नि’जको नागरिकताको सम्बन्धमा परेको उ’जु री उपर छा’नविन गरी आवश्यक कार’बाही गरी देशद्रो’ही अभिव्य’क्ति दिएकोमा रा’ज्यद्रोह मु’द्धा लगाई दे’श नि’काला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक का’रबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफलद्वारा हस्ताक्षर विज्ञप्तिमा जनाइएको छ ।

साथै, स’र्वोच्च अदा’लतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मु’द्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको म’र्म र भावना विप’रित कदम रहेको पनि पार्टीको ठ’हर छ ।

साथै, असंवै’धानिक रुपमा संसद वि’घटन गरी निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेकोमा ध्या’नाकर्षण भएको भन्दै सो पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सपथमा के भनेका थिए महतोले ?

हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मु’क्ति आन्दो’लनको तयारी गर्नु हो ।

यो देशमा अधिकार र पहिचा’नको एजे’न्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ । हे’र्नुहोस् विज्ञप्ति :-

बहु’राष्ट्रिय राज्यको अर्थ ?

बहुराष्ट्र भन्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना हुन्छ । शुक्रबार स’पथ ग्रहणका क्रममा यहीँ शब्द महतोले उच्चारण गरेका छन् ।

१३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया