
चितवन / कोभिडको उच्च जोखिममा रहेका एचआ’ईभी पोजे’टिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ ।
भरतपुर अस्पतालमा रहेको ए’ड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो ।
यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि से’वन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमा नै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमा नै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्याउँदै आएको छ ।
यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउँदै आएका छन् ।
यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमा नै औषधि पुर्याउने गरेको छ ।