
काठमाडौं / नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले भारतको नां’गो दला’लका रूपमा देखा परेका तत्वहरू सरकारमा हालीमु’हाली भएर जिम्मेवारी सम्हालेको आ’रोप लगाएका छन् ।
शनिबार आफूनिकट जिल्ला पदाधिकारीसँग भर्चुअल छलफल बोल्दै उनले ओली सरकारमा सहभागी भएका मधेसी नेताहरुमाथि उक्त आ’रोप लगाएका हुन् ।
उनले भने, ‘भारतको नां’गो दला’लका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमु’हाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जा’तिजातिको देशको रूपमा टु’क्राटुक्रा पार्ने योजना हो, जा’तीय द्व’न्द्व च’र्काउने योजना हो । प्रतिक्रियावा’दीहरूले विचारलाई जा’त र ध’र्मले प्र’तिस्थापन गर्न खोजिरहेका छन् ।’
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली र भारतसँगको साँठगाँठ पनि प्रष्टै रुपमा यसैबाट बुझिएको पनि उनले बताएका छन् । उनका अनुसार ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् ।
अब, आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि सं’कट थपिन सक्ने पनि उनले बताए । उनले भने, ‘हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामप’न्थमाथि सं’कट थो’पर्नुभएको छ ।’
भर्चुअल सम्बोधनका क्रममा नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ पनि नेता नेपालले आफ्नो भनाइ राखेका छन् । उनले भने, ‘चुरे फाँ’डेर नेपाललाई मरुभू’मि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फ’सेको देखिएको छ ।’
साथै, कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जि’किर गरेका छन् । शुक्रबार मधेसी नेताहरुलाई सरकारमा सहभागी गराएर विस्तार गरिएको मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन अवा’ञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिलेको पनि नेपालको आ’रोप छ ।