बिहिबार ११ आश्विन २०८०

ओखलढुंगा : कोरोना महामारी विरुद्ध ल’ड्न प्रवासी नेपालीहरुले जिल्लामा आइसियु वेड पठाएका छन् । बेलायत लगायत युरोपियन देशमा रहेका नेपालीहरुले कोभिड १९ विरुद्ध ओखलढुंगेली विश्वव्यापी सञ्जालमार्फत मनिटरसहितका चार थान आइसियु वेड पठाएका हुन् ।

बेलायतमा रहेका नेपाल प्रहरीका पूर्व डीएपी शिवजी श्रेष्ठको संयोजकत्वमा गठन भएको सो समितिले रकम जुटाएर चार थान आइसियु वेड पठाएका हुन् । प्राविधिकसमेत खटाएर दुई अस्पतालमा २/२ थान आइसियु वेड जडान गरिएको संयोजक श्रेष्ठले बताए । बेलायतलगायत देशमा रहेका ओखलढुंगेलीहरुको सञ्जालको पहलमा चार थान आइसियु वेड जडान भइ सुचारु अवस्थामा राखिएका छन् ।

यसरी विदेशमा रहेका नेपालीहरुले आफ्नो जिल्लामा गरेको सहयोग निकै महत्वपूर्ण रहेको सञ्जाललाई जिल्लामा सहजीकरण गर्दै आएका ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द मास्केले बताए । उनले मनकारी प्रवासी नेपालीहरुलाई धन्यवाद समेत दिए । सिद्धिचरण नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा अस्पतालमा वेड जडान गरिएका हुन् ।

जिल्लामा एक सरकारी र एक सामुदायिक अस्पताल छन् । सामुदायिक अस्पतालमा २० वेडको छुट्टै कोभिड १९ केयर युनिट स्थापना भइ सञ्चालनमा छन् । रुम्जाटारमा रहेको सरकारी अस्पतालमा भने ७ वेडको कोभिड युनिट छ । दुवै अस्पतालमा आइसियु नहुँदा सघन उपचार जिल्लामा सम्भव थिएन ।

कोरोना संक्रमण बढेपछि गम्भीर अवस्थामा पुगेको बिरामीको उपचारमा भने हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । तीन जनाको उपचार हेलिकोप्टर चार्टर गरेर राजधानी र झापा पठाइएको छ । जिल्लामा ७ जनाको मृ’त्यु भएको छ भने ९ सय बढी सक्रिय संक्रमित छन् ।

यता, सरकारी अनुदानमा स्थापना गर्ने भनिएको विषय भने विवादमा फसेको छ । सत्तारुढ एमालेका नेता र मन्त्रीको तानातानले यो विषय विवादमा परेको हो । जिल्ला सदरमुकाममा रहेको सामुदायिक अस्पतालको कोभिड केयर युनिटमा भेन्टिलेटर र आइसियु वेड राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा कोभिड केयर युनिटमा भेन्टिलेटर राख्ने सिफारिस स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भए लगत्तै दवाबमा मन्त्रालयले अस्पताल नै फेरेर जिल्ला अस्पताल रुम्जाटार राख्न अर्को परिपत्र गरेको छ । यसले जिल्लामा आउने सुविधा अन्योलमा परेको छ । अन्न’पुर्ण पो’ष्टबाट ।

७४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया