
सुनसरी / उमेश रेग्मीको गीत ‘सुनसरी इनरुवा’को भिडियो सार्वजनिक भएको छ । उमेशको शब्द, सङ्गीत तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र रिमा विश्वकर्मा फिचरिङ छन् ।
गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशकअघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम बजारमा ल्याएका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।
गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ ।
इनरुवामै छायाँकन गरिएको भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । भने छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् । भिडियो हे’र्नुहोस् :-