शुक्रबार १२ आश्विन २०८०

क्वालालम्पुर / मलेसियामा कोभिड १९ का कारण बालबालिकाको मृ’त्युदर साथै ग’म्भीर बिरामीको संख्या बढेकोमा यहाँका स्वास्थ्य अधिकारीहरुले चि’न्ता व्यक्त गरेका छन् ।

यससँगै मलेसियामा फेरि कडा लकडाउन घोषणा गरिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री मुहिद्धीन यासिनले जुन १ देखि १४ सम्मका लागि दुई साताको पूर्ण रुपमा लकडाउन घोषणा गरेका छन् ।

साथै सरकारले नयाँ भेरियन्ट फैलन सक्ने भन्दै फेरि लकडाउन कडा पारेको हो । मलेसियामा यस वर्षको पहिलो ५ महिनाको अवधिमा कोभिड १९ का कारण ५ वर्ष मुनिका तीन जना बालबालिकाहरुको मृ’त्यु भयो । गत वर्ष पनि बालबालिकाको मृ’त्युको दर यस्तै थियो ।

५ वर्ष मुनिका १९ जना बालबालिका सहित जम्मा २७ बालबालिकाहरु जनवरी र मे महिनाको बीचमा संक्रमित थिए । जुन गत वर्षको भन्दा ८ जनाले बढी हो ।

यहाँको स्वास्थ्य मन्त्रालयले बालबालिका लगायत कम इम्युनिटी भएकाहरुको हेरचाहको लागि सबै पक्षहरु, विशेषगरी अभिभावक र परिवारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जनाएको छ । तर कति जना बालबालिकाको कोरोना परीक्षण गरियो भन्ने बारे यकिन तथ्य मन्त्रालयले दिएको छैन ।

छिमेकी देश सिंगापुरले समेत गत महिनामा देखिएको नयाँ भेरियन्टले बालबालिकालाई बढी असर पार्ने भन्दै सचेत रहन आग्रह गरेको थियो । मलेसियन स्वास्थ्य मन्त्री अधम बाबाले सोमबार बताए अनुसार गत वर्षको जनवरीदेखि यस वर्षको मे ३० गतेसम्म जम्मा ८२ हजार ३४१ बालबालिका कोरोना संक्रमित भएका छन् ।

मलेसियामा हालसम्म कुल संक्रमितको संख्या ६ लाख नाघिसकेको छ । जुन संख्या यस क्षेत्रमै इन्डोनेसिया र फिलिपिन्स पछि तेस्रो ठूलो हो । साथै दैनिक रुपमा ९ हजार को हाराहारीमा संक्रमित छन् । र एकै दिनमा सबैभन्दा धेरै मृ’त्यु भएको गत बुधबार १२६ जना हो ।

स्वास्थ्य मन्त्रालयका निर्देशक नूर हिशम अब्दुल्लाहका अनुसार कोभिड विरु’द्धको ल’डाइँमा सरकारले नागरिकहरुलाई खोपको मात्रा बढाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री मुहिद्धीनले तिब्र रुपमा नागरिकहरुलाई खोप लगाइने बताएका छन् ।

५७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया