मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन् ।

ओलीले जसपाका आठ मन्त्री र दुई राज्य मन्त्रीलाई शपथ ग्रहण गराउन लागेका छन् भने एमालेका चारबाहेक सबै मन्त्रीलाई पदमुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका हुन् ।

ओलीले जसपालाई सरकारमा सहभागी गराएसँगै पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । ओलीले एमालेका नेता रघुवीर महासेठ, शेरबहादुर तामाङलगायत नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै छन् ।

स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा एकसाथ पुनर्गठित मन्त्रिपरिषदका सदस्यले शपथ लिँदैछन्।

ओली सरकारमा जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो – उप’प्रधानमन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी – ऊर्जा, अनिल झा – खानेपानी, बिमल श्रीवास्तव – श्रम, उमाशंकर अरगरिया – युवा, लक्ष्मणलाल कर्ण – भूमी व्यवस्था, चन्दा चौधरी – महिला, एकबाल मियाँ – वन, चन्द्रकान्त चौधरी – ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका छन् भने रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिँदैछन् ।

२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया