
काठमाडौं / पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड-१९ लाग्ने ड र ले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफ’वाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरो’धात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक से’वन गर्न थाले जसका कारण यसले साइड-इफेक्ट निम्त्याएको र मानिसमा अन्य रोगको जो’खिम बढाएकाे पाइयो ।
‘कोभिड-१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्याउनुका साथै कोभिड विरू’द्धको रोग प्रतिरो’धात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफ’वाह सामाजिक सञ्जालमा देखेपछि अस्पतालमा उपचार गर्न गएका बिरामीले समेत हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा से’वन गर्न थालेको पाइएको छ ।
भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टा’उको दु’ख्ने, वा’न्ता हुने, डिहाइ’ड्रेसन, च’क्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन् । ‘रग’तमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषा’क्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ । मसँग आएका एकजना बिरामीको रग’तमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो । भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रो असर भने देखिएनन् ।’ बिरामीको उपचारमा संलग्न एक चिकित्सकले भने ।
उनका अनुसार पछिल्लो समय आएका कोभिड-१९ बाहेकका सबै बिरामीहरू यस्तै अफ’वाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन् । ‘मैले प्रायः सबै बिरामीबाट इम्यु’निटी बढाउने विभिन्न औषधिको बारेमा सुन्दै आएको छु’ उनले भने, ‘रोग प्रतिरो’धात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन् ।’
बिरामीका यस्ता समस्या सुन्ने डा उनीमात्र होइनन् । देशभरि नै मानिसहरू यस्ता अफ’वाहको पछि लाग्ने गरेका छन् । सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन् ।
‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरो’धात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ भारतको केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले पनि भनेका छन् ।
‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड-१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफ’वाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्व’स्थ वस्तु प्रयोग गरिरहेका छन् । जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’
सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन् । – फा’ईल त’स्विर ।