
काठमाडौं / ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घो’षणा गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोना संक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै आईसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्र’मित, ज्या’न गुमा’उनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने नि’र्णय भएको उनले बताए ।
उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए । त्यस्तै महानगरले प्रत्येक वडामा पीसी’आर र एन्टि’जेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसो’लेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकताः त्यसपछि मात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना निय’न्त्रण र उपचारका लागि केन्द्रीत भएर काम गरेको प्रमुख महर्जनले बताए ।
महर्जनले निषेधाज्ञाका कारण सम’स्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको उल्लेख गरे । उनले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको माप’दण्ड पा’लना गर्न पनि आग्रह गरे ।