आइतबार ०७ कार्तिक २०७८

सिमिकोट (हुम्ला) / हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेसनमा रहेकी कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हा’तपात गरेका छन् ।

सङ्क्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हा’तपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हा’तपात गरेको संयोजक बुढाले बताए ।

सम्बन्धित घटनास्थलमा प्र’ह री चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घट’नाबारे जानकारी आएको र प्रह’रीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए । रा’स स

१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया