मंगलबार ०२ कार्तिक २०७८

काठमाडाैँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसले मानिसमाथि गर्ने भे’दभाव र छु’वाछुत २१ औं शताब्दीको मानव समुदायका लागि ल’ज्जाको विषय रहेकाे बताउनुभएकाे छ ।

जा’तीय भे’दभाव तथा छु’वाछुत उन्मू’लन राष्ट्रिय दिवस– २०७८ को अवसरमा सम्पूर्ण उत्पी’डित र उपे’क्षित जनसमुदायमा शुभकामना व्यक्त गर्दै उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

‘आजको विकसित दुनियाँमा पनि जा’तीय भे’दभाव र दलि’त समुदाय माथि विभिन्न प्रकारबाट हिं’सा भइरहेका छन्,’ शुभकामना सन्देशमा भनिएकाे छ, ‘संविधान र का’नूनमा भएको व्यवस्था मात्र कठो’रतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिं’सा न्यूनी’करण हुन सक्छ र उत्पी’डित समुदायहरुले न्या’यको अनुभूति गर्न सक्छन् ।’

‘सा’मन्ती राज्य व्यवस्था विरु’द्धको बलि’दानीपूर्ण क’ठिन संघ’र्षबाट प्राप्त उपलब्धि’ गु’म्दै जाने ख’तरा पैदा भएको उहाँकाे भनाइ छ । ‘साम’न्तवादका उपज सामाजिक कल’ङ्कका रुपमा रहेको जा’तीय भेदभा’व तथा छु’वाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र क’ठोर का’नूनी उपचारले मात्र यस्ता सामाजिक अप’राधलाई नि’र्मूल गर्न सकिन्छ,’ सन्देशमा भनिएकाे छ ।

जा’तीय छु’वाछुत, वि’भेद र हिं’सा सम्बन्धी संविधान र का’नूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जा’तीय हिं’सा र छु’वाछुत वि’रुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँकाे जाेड छ ।

३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया