शुक्रबार २२ मंसिर २०८०

खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई दि’लो ज्या’न दि’एर कोरोना संक्रमितहरुको उद्धार तथा उपचारमा जुटिरहेका छन्। यतिसम्म कि अध्यक्ष राई संक्रमितलाई पिठ्युँमै बोकेर आफूले प्रयोग गर्दै आएको गाडीसम्म लैजान्छन्, गाडीमा राख्छन् अनि आफै गाडी हाँकेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा रहेको अस्थाई कोभिड अस्पताल पु-याउँछन्।

कोरोना संक्रमित भई सिकिस्त विरामी भएकी याम्खा खामडाँडाकी ८८ वर्षीया धन कुमारी अधिकारीलाई बुधबार गाउँपालिका अध्यक्ष राईले उनकै घरबाट पिठ्युँमा बोकेर गाडीसम्म ल्याए। गाडीमा संक्रमितलाई राखेर स्वंयम् अध्यक्ष राईले गाडी कोभिड अस्पतालतर्फ हुंईक्याए।

कोभिड अस्पतालमा संक्रमित अधिकारीलाई भर्ना गरेपछि बल्ल ढुक्क भए गाउँपालिका अध्यक्ष राई। अनि आफूले संक्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म लगेर, गाडीमार्फत अस्पताल पु¥याएको भिडियो फेसबुकमा राखेर उनले आरामको स्टाटस लेखे । ‘फेरी पनि अर्को घ’ट्ना हुनबाट जोगिएका छौ।’

हामी तपाईहरुको साथमा हर समय छौ। फेरी पनि अर्को घट्ना हुनबाट जोगिएका छौ। अध्यक्ष राईले फेसबुकमा लेखेका छन् “उहाँले अस्पतालसम्म पुग्दा दुई पटक दिशा, पटक–पटक बान्ता गर्नुभएको थियो।” अस्पताल भर्नापछि स्वास्थ्यकर्मीको निगरानी, सल्लाह र मनोपरामर्शका कारण उहाँको स्वास्थ्यमा सुधार आएको छ।

यसअघि पनि गाउँपालिका अध्यक्ष राईले संक्रमणका कारण गम्भीर परेकाहरुको घर–घरमा पुगेर आफूले प्रयोग गर्दै आएको गाडीमा राखेर आफैले गाडी चलाएर कोभिड अस्पतालमा बिरामी ओसारेका थिए। उनीहरुको स्वास्थ्य अवस्था निक्कै नै सुधारोन्मुख भईसकेको छ।

गाउँपालिकाको गाडी चलाउन दुई जना चालक नियुक्ती गरिएको भए पनि एक जना भर्खरै संक्रमणमुक्त भई आराम गरिरहेको र अर्को जनालाई एम्बुलेन्स बनाउन तराई पठाईएकाले आफैँले गाडी चलाएर बिरामीहरुको उद्धार गरिरहेको अध्यक्ष राईले बताए।

होम आइसोलेसनमा छोडेका संक्रमितहरुलाई स्वासप्रस्वासमा समस्या आएमा तथा अन्य गम्भीर प्रकृतिका लक्षण देखिएमा आफूलाई जतिबेला पनि सम्पर्क गर्न भनी मौखिक तथा विज्ञप्ति जारी गरेपछि परिआएको बेला गाउँपालिका अध्यक्ष राई जतिबेला जस्तोसुकै समयमा पनि गाउँपालिका बासीको सेवामा हाजिर भएका हुन् । महामारीबाट पालिकाबासीलाई बचाउन जस्तोसुकै मूल्य चुकाउन गाउँपालिका पछि नपर्ने गाउँपालिका अध्यक्ष राईले बताए। -समायोजन ख’बरबाट

५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया