सोमबार ०१ कार्तिक २०७८

काठमाडौँ / नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तयार पारेका समाचारको नेपाल सरकारले खण्डन गरेको छ ।

उक्त समाचारलाई गलत हल्ला भन्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा सत्यता नभएको बताएको छ । बेलायती नागरिकमा नयाँ भेरियन्ट देखिएको भन्दै समाचार सार्वजनिक भएपछि नेपालको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले यसमा सत्यता नभएको बताए ।

यसबारे बेलायत सरकारका निकायसँग पनि आफूहरुको सम्पर्क भइरहेको उनको भनाइ छ । डा पौडेलले बीबीसी नेपालीसँग दिएको अन्तर्वार्तामा भनेका छन् “बुधवारसम्म उहाँहरूले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन । नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरिअन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ ।”

यद्यपि यसबारे आफूहरुले थप खोजी गरिरहेको पौडेलले बताएका छन् । पौडेलका अनुसार पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९ बी.१.६१७.१ भेरियन्ट देखिएको हो । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए ।

“डब्ल्यूएचओले पनि त्यस्तो केही भनेको छैन र हाम्रो आधिकारिक जानकारीमा पनि छैन” पौडेलले भनेका छन् । नेपालमा हालसम्म बेलायतमा देखिएको अल्फा भेरियन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाल भेरियन्ट भनी तोकिनसकेकाले यसबारे दावी गर्न नमिल्ने पौडेलको भनाइ छ । यसवाहेक अन्य विज्ञहरुले समेत यस्ता समाचारबारे टिप्पणी गरेका छन् ।

बेलायतको डेली मेलले हालै नेपाल भेरियन्ट भेटिएको भन्दै एक समाचार तयार पारेको थियो । त्यसपछी बीबीसीले समेत यसबारेमा समाचार सम्प्रेषण गरेको थियो । डा. लुना भट्टले भने नयाँ भेरियन्ट देखिहाले पनि सबै भेरियन्ट खत’रनाक नै हुन्छन् भन्न नमिल्ने बताइन् । बेलायतमा हाल बिदाको अवधिमा नयाँ भेरियन्ट खत’रनाक हुनसक्ने दा’वी डेली मेलले गरेको छ ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया