आइतबार १७ मंसिर २०८०

लिस्वन / नेपाली जनसम्पर्क समिति पोर्चुगलले नेपालमा कोरोना भाइरसबाट पी’डित बिरामीको उपचारका लागि आर्थिक सहयोग सहयोग गरेको छ । समितिले कुल चार लाख ५३ हजार पाँच सय ३४ रुपैयाँ सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको हो ।

मातृभूमिलाई सहयोग गर्ने उद्धेश्यले समितिका कार्यबाहक अध्यक्ष व’किल केसीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले छोटो समयमा नै आर्थिक सहयोग जुटाएर केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको हो ।

अभियानमा धेरैले सहयोग गरेको र सहयोग रकम वास्तविक पीडितको उपचारमा खर्च हुने समितिका कार्यबाहक अध्यक्ष केसीले जानकारी दिए । ‘सानो रकम भएपनि हामीले पी’डितको उपचारका लागि पठाउन सकेका छौं ।’ उनले भने, ‘सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

कांग्रेस केन्द्रीय कार्यालयले विदेशस्थित सबैजसो जनसम्पर्क समितिहरुलाई कोरोना महा’मारीका बेला सहयोग गर्न निर्देशन दिएलगत्तै आफुहरुले अभियानलाई निरन्तरता दिएको उनको कार्यबाहक अध्यक्ष केसीको भनाई छ । उनले आगामी दिनमा पनि मातृभूमिलाई परेको पी’डामा मल्ह’म लगाउने प्रति’बद्धता जनाएका छन् ।

अभियानको छोटो समयमा नै उत्साहजनक रुपमा सहयोगी हातहरुले सहयोग गरेको समितिका सह महामन्त्री सुनिल ढुंगानाले जानकारी दिए । उनका अनुसार अभियानबाट तीन हजार १६९ युरो रकम संकलन भएको हो । उक्त रकम मंगलबार नै पठाइएको उनको भनाई छ ।

केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार कार्यबाहक अध्यक्ष केसीको संयोजकत्वमा गठित आर्थिक संकलन समितिमा उपाध्यक्ष नविन आचार्य, सह महामन्त्री ढुंगाना, क्षेत्रिय समिति अलेन्तेजोका अध्यक्ष प्रकाश पौडेल, क्षेत्रिय समिति अल्गार्भका अध्यक्ष विनोद मरासिनी रहेका थिए ।

जनसम्पर्क समिति पोर्चुगलले यसअघि पनि बाढी पहिरो लगायतका धेरै संक’टका बेला आर्थिक सहयोग जुटाएर सहयोग गर्दै आएको छ । कार्यबाहक अध्यक्ष केसीले प्रवासमा कोरोनाको चपे’टामा परेर पनि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित भएर बस्न पनि आग्रह गरेका छन् ।

७९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया