
-राजकरण महतो /
बाल्यकालमा मामाघर जान खुब रुचाउँथें । वैशाख–असारको गर्मीमा बर्खे बिदा हुन्थ्यो । त्यो बेला मामाघर जाँदा धेरै माया पाएको महसुस हुन्थ्यो । मामाको घरभन्दा पूर्वपट्टि एउटा बोरिङ थियो । त्यसमा केही नगरी आफैं मज्जाले पानी आउँथ्यो । बोरिङमा नुहाउन र पानी थाप्न गाउँभरीका मानिसको ठुलो भिड लाग्थ्यो । ढिलै पुगे पनि भिडमा चाँडैं पालो पाउँथें । ‘फुच्चे भान्जा’ भन्दै गाउँका मामाहरूले नुहाइ पनि दिनुहुन्थ्यो । ‘हिमालको पानी पातालबाट आउँछ, बरफजस्तै चिसो हुन्छ है भान्जा’, मामाहरूले भन्नुहुन्थ्यो ।
डेढ दसकअघि मैले नुहाएकोे पातालको पानी आउने त्यो बोरिङ आज सुकेको छ । पातालबाट आउने त्यो बोरिङको पानी कहाँ र कसरी विलायो ? प्रश्नहरू अनुत्तरित छन् । चुरेको विषयमा जब मैले समाचार लेख्न थालें, त्यसपछि पो थाहा पाएँ, चुरेको दोहनले बोरिङ सुकेको रहेछ । मामाघर महोत्तरीको रामगोपारपुर नगरपालिकाको विश्वम्भरपुरमा पर्छ । त्यो बोरिङ सुकेपछि मामाघर जान रमाइलो लागेन । त्यो बोरिङ सुकेपछि मामाले घरमैदुई इन्चको ३ सय ८० फिट गहिराइमा बोरिङ गा’ड्नुभयो, पातालको चिसो पानी ल्याउन । केही समय त पानी आयो तर त्यसपछि भेन्टिले’टरमै छ ।
चुरे दोहनले मामागाउँमा बोरिङ सुकेको घट’ना प्रतिनिधि उदाहरण मात्रै हो । चुरे क्षेत्रबाट बालुवा, गिटी, ढुंगाको दोहन भएपछि तराईका ३७ जिल्लामा खानेपानीको मुहान सुक्दै गएको छ । इनार, चापाकल, पोखरी, नदी, दहहरू सबै पानीविहीन बन्दै गएको छ । बालुवा, गिटी, ढुंगा, माटोले चुरेक्षेत्र थिल्थिलि’एको छ र भिरमा बाख्रा कुद्दा पनि सुख्खा पहिरो खस्छ । चुरेलाई संवेदनशील क्षेत्र भन्दै सरकारले २०७२ सालमा संरक्षित क्षेत्र घोषणा गर्यो । चुरेलाई जनजनले चुरीयामाई भन्दै पूजा गर्छन् । चुरे जनजनको आस्था, भरोसा र जीवन हो ।
चुरेमा चाप परेपछि वातावरण सन्तुलन खलबलिएको छ । केही लो’भीपापीको ह’र्कतले चुरे विनासले सिंगो मधेशमा बाढी र डुबानजस्ता प्राकृतिक प्र’कोपका त्रा’स बढ्न थालेका छन् । चुरेले संरक्षणको चौतर्फी आवाज उठिरहेको बेला हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ मा बजेटमा नदीजन्य पदार्थ उत्खनन् गरेर निकास गर्ने ल्याएको नीतिले पूरा मधेस ध्व’स्त हुनेमा दुईमत छैन ।
चुरेमा भएको घा’उ अझै निको भएको छैन । झन् उत्खनन् गरियो भने चुरेको मु’टु छि’याछिया बन्ने विज्ञहरूले चि’न्ता जनाएका छन् । ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, वालुबा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’, अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट भाषणको १९९ नम्बर बुँदामा भनिएको छ,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु ।’
हिमाली र पहाडी जिल्लामा नदीजन्य पदार्थ निकाले खानी छ तर त्यसको कुनै अध्ययन भएको छैन । विस्तृत अध्ययन गरेर त्यसलाई उपयोग गर्दा त राम्रै हुन्छ । त्यहाँबाट नदीजन्य पदार्थ निकासी गर्न व्यापारीहरूले लगानी गर्दैैनन् किनभने बाटो, बिजुली बत्तीलगायतमा धेरै लगानी हुन्छ । व्यापारी धेरै लगानी गरेर थोरै नाफा कमाउन चाहँदैनन् । कम लगानीमा मालामाल हुन पाउँ भन्ने उनीहरूको इच्छा हुन्छ ।
त्यसैले सरकारले चुरेबाट नदीजन्य पदार्थ निकाल्ने भनेको छैन तर निकाल्नमा सस्तो र भारतमा निकासीको सजिलो ठाउँ भनेको चुरेबाट बग्ने देशका १६४ नदी नै हुन् । त्यसले सरकारले ल्याएको बालुवा, गिटी, ढुंगा निकासीले फेरि पनि देशको लाइफलाइन मानिने चुरेक्षेत्रमै गम्भी’र असर पर्छ।
चुरे जलको भण्डार हो भने मधेस अन्नको भकारी हो । चुरेको अर्को भाग भावर क्षेत्रमा पर्ने नदीहरूको दोहनले जलको भण्डार नष्ट हुन्छ । अनि मधेस अन्नको भण्डारबाट च्यूत हुन्छ । मधेस मरुभूमीकरण भएर हराभरा मधेस बालुवा गिटीले पुरिन्छ । चुरे दोहनले देशको सांस्कृतिक, सामाजिक, राष्ट्रिय एकताको पहिचानमा असर पुग्नेछ । तराई भनेको आधा नेपाल हो । नेपालको जनगणना २०६८ अनुसार एक करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना मानिस चुरेआसपास फैलिएको मधेसमा बसोबास गर्छन् । अन्न, पानी, प्राणवायु,जडिबुटी, फलफूल, कन्दमुललगायत सबै चिजवस्तु उनीहरू चुरेबाटै उपभोग गर्छन् ।
बाघ, हात्ती, गैंडा, अर्नाजस्ता ठुला स्तनधारी वन्यजन्तुको वासस्थान पनि चुरेका वनजंगल र फाँटहरू नै हुन् । जैविक विविधताले चुरे क्षेत्र महत्वपूर्ण छ । यो भू–भागमा २८१ प्रजातिका रुख, १८६ प्रजातिका बुट्यान र वनस्पति पाइन्छन् । जीवजन्तुको विविधताका हिसाबले नेपालमा पाइने एक हजार ९१८ प्रजातिमध्ये एक हजार ३०८ चुरे तथा तराई मधेसमा पाइन्छन् । नेपालमा संक’टमा रहेका ४९३ प्रजातिका जीवजन्तु चुरे क्षेत्रमा पाइन्छन् ।
त्यसैले चुरे चराचुरुंगी, जीवजन्तु, वनस्पतिको संरक्षणको मुहान हो । जीवजन्तु र चराचुरुंगी चुरेको गहना हो भने मानवका लागि जीवन । संरक्षित चुरे रहँदैन भने हाम्रो प्रकृति सुन्दर’ताविहीन बन्छ । चुरेले मानवलाई वातावरणीय सेवा दिन्छ । केही पक्षले नेपालका नदीजन्य पदार्थलाई ‘सेतो सुन’ भन्दै चर्चा गरेर भजन मण्डलीलाई पोस्न मिठो भाका हालेर बेलाबेलामा चुरेदोहनको नीति ल्याउँछन् । जसको जनस्तरबाट हुने वि’रोध सरकारले थे’गिनसक्नु हुन्छ । हालै ल्याएको नीतिको पनि जनस्तरबाट चर्को आ’लोचना भइरहेको छ ।
२०७१ सालअघि चुरेमै क्रसर माफि’याले क्रसर राखेर त्यहाँको नदीजन्य पदार्थ भारततर्फ पठाए । देशको ढुकुटीमा जम्मा भएको राजस्वभन्दा बढी क्रसरवालाहरूले बैंक ब्यालेन्स गरे । आज मधेसले चुरे दोहनका कारण बाढी र पिउने पानीको हाहाकार खेप्दैछ । केहीको खल्ती भर्ने स्वा’र्थमा ल्याएको नीतिले प्रत्येक वर्ष चुरेका नदीमा बौ’लाएर आउने बाढीको भेलले मधेसका नागरिकको बस्ने बास, अन्न फल्ने उर्बर फाँट र त्यस्तै परे बगाएर जी’वनलीला नै समा’प्त पार्दै आएको छ ।
चुरे वि’नाशले यहाँका नागरिक प्रत्येक वर्ष असार,साउन, भदौ, असोजसम्म आकाश हेरेर रात का’ट्छन्, राति आउने बाढीले न बगाइदे’ओस् भनेर कामना गर्दै ! यस्तो अवस्थामा जन’तामारा पुरानै नीति नयाँ कागजको खोल फेरेर ल्याएको कति उपयुक्त होला ? बह’सको विषय नै हो । डोजरले चुरेको ना’श गरिसकेकै छ । माफि’याहरूले तीर हा’नेर ग’म्भीर घा’इते नै भइसकेको प्राकृतिक जीवन नयाँ नीतिले मधेसको जीवन आर्यघाटमा पुग्ने बढ्दो त्रा’स छ । पानीको हा’हाकार मात्र होइन, सिँचाइको कमीले खेतहरू बाँझै छन् । परिणाम यहाँका युवा गाँस खोज्दै विदेशिएका छन् ।
चुरे दोहनले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना पूरा होला त सरकार ? अवश्य हुँदैन । होशि’यार गरिएन भने चुरे दोहनले ‘दरि’द्र नेपाल : दुः’खी नेपाली’ बन्न सक्छ । चुरेकै सन्दर्भमा १७ महिना अघिको घ’ट ना याद आयो । खोलाको अ’वैध दोहन रोक्न गएका धनुषाका दिलीप महतोलाई क्रसर माफि’याले टिपरले कि’चेर मा’रे । प्रथम राष्ट्रपति डा. रामवरण यादव चुरे ना’सिने ख’तरा बढेपछि चि’न्तित छन् ।
वि सं २०६२–२०७१ सम्म नेपालका प्राकृतिक स्रोतसाधन भारत निकासीको लहर चल्यो । चुरेमा’फिया क्रसर खोलेर मोटरसाइकलबाट रा’तारात स्कोरपियो कार चढ्न थाले । खुवाएर पियाएर मान्छे परिचालन गरेर पे’स्तोल देखाउँदै चुरे लु’टे । उनीहरूबाटै नेताहरूले पनि राम्रै भेटी पाए, कति त नेता नै बने चुनावमा भोट किनेर ।
देशको जीवनरेखा मानिने चुरेको वि’नाश लीलाले मधेसको जीवन घर न घाटको भयो । हिउँदमा पिउने पानीको हा’हाकार, वर्षा लागेपछि बाढीको वितण्डा । कस्तो हराभरा तराई थियो जहाँ बसोबास गर्न पहाडबाट बसाई सर्थे तर अहिले मधेसका बस्तीहरू रोइर’हेका छन्, गाँस र वासको पी’रले । यस्तै समस्याबाट प्रता’डित भएका नागरिकले खोला दोहन र भारत निकासीबारे आन्दो’लन च’र्काए ।
२०६२–२०७२ सम्म सडकदेखि सदनसम्म वातावरण जोगाउ अभियानकर्ता र मिडियाले चुरे संरक्षणलाई मुख्य मु’द्दा बनाए । जसका कारण मन्त्रिपरिषद्ले २०७१ सालदेखि भारत निकासीमा रो’क लगायो । त्यसपछि निकासी ब’न्द थियो । सरकारले फेरि फेल भएको नीति ल्याएको छ ।
यादवकै पहलमा देशमा राष्ट्रपति चुरेतराई–मधेस विकास समिति गठन भयो । त्यसो त समितिले ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ नारा दियो । सरकारले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्यो । बीस बर्से चुरे संरक्षण कार्ययोजना बनायो । त्यसमा चुरेबाट बग्ने १६४ वटा नदी संरक्षण गर्न २ खर्ब ४९ अर्ब ७० करोड १ लाख ९६ हजार बजेट चाहिने भनी प्रतिवेदन पनि तयार भयो ।
सरकारले चुरे संरक्षणलाई गौरवको योजनाकै रूपमा अगाडि बढाउँदै आएको छ । यसले नासिएको चुरे फेरि हराभरा बन्दै गए पनि अहिलेको सरकारले त पुनः नदीजन्य पदार्थ निकासी गर्ने नीति फेरि ल्याएको छ । यसले संरक्षित चुरे र भावर क्षेत्र ध्व’स्त हुने र मधेसको उठिबा’स हुने सम्भावना बढाएको वातावरण विज्ञहरुको भनाइ छ । (अन्न’पूर्ण पो’ष्टबाट)