शनिबार ३० आश्विन २०७८

पोर्ताहा (धनुषा) / २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो ।

नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन् । क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ । आवाजले बस्ती अनिँ’दो रहन बा’ध्य छ ।

क्रसरको आवाजले पठनपाठनमा असर गरेपछि विद्यालयले घरेलुलाई पत्राचार गरेर निकास दिन भन्यो तर घरेलुले वास्तै गरेन। गाउँबस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन नगर्न स्थानीय तथा विद्यालय पक्षले निरन्तर घरेलुलाई गुहारिरहे ।

गाउँका अगुवा घरेलुको कार्यालयमा पुगेर असह’मति सहित निवेदन समेत दर्ता गराए । तर घरेलुले सो क्रसर उद्योगलाई छोएन । उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ (ग) को ६ नम्बर कित्ताका जग्गाधनी रामलोचन महतो हुन् ।‘चारकिल्ला प्रमाणित गर्दा बुबा (रामलोचन) को कि’र्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ रामलोचनका छोरा भगतले भने ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका तत्कालीन प्रमुख सञ्जीव द्विवेदीले सो उद्योगलाई कानुनी प्रावधान पूरा गरेर अनुमति दिइएको दा’बी गर्दै स्थानीयको गु’हार सुनेनन् । दर्ता अनुमति प्रदान गर्ने घरेलु, नियमन गर्ने प्रमुख जिल्ला अधिकारी कसैले गु’हार नसुनेपछि स्थानीयले न्या’यको ढोका ढकढकाउने सोच बनाए । याे ख’बर नाग’रिक दैनि’कमा छ ।

२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया