शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / अघिल्ला अघिल्ला वर्षहरुमा जस्तै गत बर्ष पनि कृषकहरु बाली लगाउने बेलामा यो सरकारले मल कहिले उपलब्ध गराउला भनेर ओली सरकारको मुख तोकर बसेर बस्न बाध्य भए । उनीहरुले खेती लगाउने बेलामा त के, बाली उठाउने बेला हुँदासम्म पनि सरकारले कुनै सिन्को भाँच्न सकेन ।

सरकारले गत सातामात्र प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मलमा प्रदान गरिने अनुदानलाई बढाएर १२ अर्व पुर्याएको छ । तर यो बर्ष पनि बाली लगाउने समय आइसक्दा पनि कृषकले मल पाउने कुनै छाँटकाँट छैन ।

कृषि मन्त्रालयका अनुसार नेपालमा बार्षिक ८ लाख मेट्रिक टन भन्दा बढी मलको माग रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषकको माग अनुसारको मलको आपूर्ति गर्न नसक्दा हरेक बर्ष मलको अभाव हुने गरेको बताइन्छ ।

त्यस माथि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको मलको बितरण प्रकृया प्रभावकारी छैन र हरेक वर्ष झै यस पटक पनि मल अभावको समस्या हुन थालेको गुनासो कृषकहरुको छ ।

चालु आर्थिक बर्षको बजेटमा सरकारले रसायनिक मलमा ११ अर्व रुपैयाँ अनुदान दिएको छ । तर यो बर्ष पनि सरकारले अनुदान दिए अनुरुपखेतीपाती बेलामा मलको माग अनुसार आयात हुन सकेको छैन् ।रसायनिक मलको ढुवानी र टेण्डर प्रकृयामै अनेक उल्झन भएकोले यो बर्ष पनि मलको अभाव हुने भएको बताइन्छ ।

कृषि सामग्री कम्पनीमा हाल १९ हजार युरिया, ४१ हजार दुई सय डिएपी र ४ हजार पोटास मल मौज्दात रहेको छ । त्यसैगरी चीन र बंगलादेशबाट ५५ हजाररसायनिक मल आउने क्रममा रहेको कृषि सामग्री केन्दले जनाएको छ ।

सरकारले युरिया मलमा ७० प्रतिशत, डिएपीमा ४० प्रतिशत अनुदान दिने गरेको छ । यो बर्ष कृषकहरुले अनुदानको युरिया प्रति बोरो ७ सय ५०, डिएपी २२ सय र पोटासप्रति बोरो १६ सय रुपैयामा खरीद गर्न सक्ने कृषि सामग्री केन्द्रले जनाएको छ ।

बार्षिक ८ लाख भन्दा बढी रसायनिक मलको माग रहेपनि सरकारले ५ लाख मेट्रिक टन मलको लागि अनुदान दिने गरेको छ । तर सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले बजेटमा छुट्याएको अनुदानको मल पनि समयमा ल्याउन सकेको छैन ।

मल आयातको टेण्डर प्रकृया अघि बढेको हुँदा यो बर्ष मलको अभाव नहुने कृषि सामग्री कम्पनीले दा’वी गरेको छ । सरकारी उदासिनताका कारण मलको अभाव हुन थालिसकेको गुनासो कृषकहरुले गरेका छन् । सरकारले कृषकको माग अनुसारको अनुदानको मल आयातमा ढिलाई गर्दा खेती गर्ने समयमा हरेक बर्ष कृषक समस्यामा पर्ने गर्छन् ।

को’रोनाको महा’मारीमा कृषकहरु पनि ठुलो संख्यामा संक्र’मित नभएका होइनन् । तर राष्ट्रिय उत्पादनमा त्यत्रो योगदान पुर्याउने किसानका हकमा यो सरकार खासै चि’न्तित नभएको गुनासो सर्वत्र छ ।

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया