
काठमाडौं / मुलुकभर गर्मीयाम चलिरहेको छ । यस्तो गर्मीयाममा जताततै पुदिना पाइन्छ । पुदिनाका पातहरूमा कम क्यालोरी हुन्छ, भने प्रोटिन र राम्रो फ्याट पाइन्छ । पुदिनामा भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुका साथै छालामा पनि चमक ल्याउँछ ।
भारतीय चिर्चित आयुर्वेद विज्ञ डा. अबरार मुलतानीका अनुसार पुदिनाले रग’तको पीएचलाई अम्लीय हुन दिदैन । जसको कारण शरीरको थकाईको समस्याबाट बचाउँछन् । विशेषत हामीले पुदिनाको विभिन्न चटनी बनाए खाने गर्छौं ।
यसरी पुदिनाको चटनीले रो’ग प्रति’रोध क्षमता बढाउँछ, किनभने पुदीनालाई फलाम, पोटासियमको राम्रो स्रोत मानिन्छ । यसले मेमोरीलाई बढाउँछ र हिमोग्लो’बिन सुधार गर्न मद्दत गर्दछ । यस्ता छन् नियमित पुदिना सेवनका फाइदाहरु…
व’ज न घटा’उन
आयुर्वेद विज्ञ डा. अबरार मुल्तानीका अनुसार पुदिनाको चटनीलाई डाइटमा समावेश गर्दा व’जन कम गर्न सहयोग पुग्छ । पेपरमिन्टले पाचन एन्जाइमहरूलाई उत्ते’जित गर्ने काम गर्छ, जसले खानाबाट पोषक तत्वहरूको राम्रो शो’षण गर्न मद्दत गर्दछ । राम्रो चयाप’चयले वज’न घटाउन मद्दत गर्दछ । यस्तो अवस्थामा पुदिनाको चटनी धेरै उपयोगी हुन सक्छ ।
दाँतमा प्लेक सफा लाभदायक
पुदिनाले मुख भित्रको ब्याक्टेरि’याहरूको बृद्धि रोक्दछ । यसका साथै, दाँतमा प्लेक सफा हुन्छ । यसले जिब्रो र गमहरूलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ । सोही कारण पुदिनाको पातहरू चपाउँदा ख’राब सासबाट छुट’कारा पाउन सकिन्छ ।
मांसपे’शी दुखा’ईबाट रा’हत
यदि तपाईको मांसपे’शीहरु दुखिरहेको छ भने तपाईको खानामा पुदिनाको चटनी समावेश गर्नुहोस् । किनकि यसले साधारण टा’उको र मांशपे’शीको दु’खाइ सजिलैसँग निको पार्दछ । पुदिनाको क’डा र ताजा गन्धले टा’उको दु’खाइ कम गर्न मद्दत गर्दछ ।
खोकी र चिसोबाट राहत
आयुर्वेद विज्ञ डा. अबरार मुलतानीका अनुसार पुदिनाले नाक, घाँटी र फोक्सो सफा गर्न सहयोग गर्छ । यसको एन्टी–इन्फ्लेमेटरी गुणहरूले पुरानो खोकीले हुने जल’नबाट पनि रा’हत प्रदान गर्दछ । यसको साथसाथै यसले फो’क्सोलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ ।
प्रति’रोध क्षमता बढाउन सहयोगी
को’रोना महामा’रीको समयमा रो’ग प्रति’रोधात्मक क्षमता म’जबूत गर्न तपाई पुदिनाको चटनी खान सक्नुहुन्छ । किनभने यस समयमा बलियो प्रतिर’क्षा हुनु धेरै महत्त्वपूर्ण छ । पुदिनाको चटनीले रोग प्रतिरो’ध क्षम’ता बढाउँछ र शरीरलाई थुप्रै रो’गबाट टाढा राख्छ ।