शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ / गाउँमै पाइने दूधे झारका यति धेरै चमत्कारी फाइदा छन् कि
यसले सामान्य जरो देखि ठूलो रोग पनि स्वाहा पार्दछ ।

अहिले मानिसहरु चिकित्सा उपचार पद्धतिमा मात्र भर नपरी आयुर्वेदिक पद्धति पनि अँगालिरहेका छन् । किनभने चिकित्सा पद्धतिका धरै साइड इफेक्ट (नराम्रा असर) हरु रहेका हुन्छन् । त्यसैले बजारमा अहिले थुपै जडिबुटी औषधिहरु पाइने गर्दछन् ।

आज हामी तपाईँलाई हाम्रो वरपर पाइने दुधे झारको बारेमा हामी चर्चा गर्छौँ । जुन झारको प्रयोगबाट थुपै रोगहरुको उपचार गर्न सकिन्छ ।

दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो । यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ । यसको बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने गर्दछ । किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुन्छ ।

उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन् ।

आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ । साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टि डायरिया) गुण पाइन्छ । साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ ।

उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो । यो विरुवा उमालेर चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ ।

यस बिरुवाको पानी रस (आक्वायोस् एक्सट्राक्ट) मा एनजियोलाइटिक, एनाल्जेस्टिक, एन्टिपाइरेटिक र एन्टिइन्फ्लामेटोरी गुणहरु पाइन्छन् । साथै यसमा एन्टिअक्सिडान्ट र फ्रि राडिकल स्काभेन्जिङ गुण हुन्छन् । अल्प रक्तचाप र डेंगु ज्वरोको उपचार तथा ब्लड प्लेटलेट्स बढाउन पनि यो प्रयोग गरिन्छ ।

यसको जराको काडा दुध राम्ररी नआउने सुत्केरी महिलाको लागि फाइदाजनक पाइएको छ । छालाको रोग तथा घाउको उपचारमा समेत यसको प्रयोग गरिन्छ।

कुनै पनि प्रकारको खोकीको उपचारमा यो बिरुवालाई पिसेर पाम तेलसंँग मिसाएर खुवाइन्छ । यसलाई तरकारीको रुपमा खुवाएर अल्सरको उपचार गरिन्छ । यो शक्तिशाली औषधीय बिरुवा हो त्यसैले यसको प्रयोग होशपूर्वक गर्नुपर्छ । अन्यथा नरा’म्रो असर पनि हुनसक्छ ।

यसको अत्यधिक मात्राको से’वनले स्वास्थ्यमा अन्य असर नगरोस् भन्नका लागि विरामीको उमेर अनुसारको मात्रा मिलाएर सेवन गर्नु उपयुक्त हुन्छ
। एजेन्सीको सह’योग र janasabal बा’ट ।

१३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया