
काठमाडौं / पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार ह’त्या का’ण्डले हृद’यमा उठेका चो’टहरु कहिल्यै भुल्न नसकिने बताएका छन् । बुधवार (आज) ज्ञानेन्द्रले ट्वीट गर्दै साथ र सहयोग चु’ड्ने अधिकार नियतीलाई मात्रै हुने भन्दै तत्कालिन राजा वीरेन्द्र शाह उनको सदोहर दाइको परिवारको वंशना’श भएकोमा दु’ख व्यक्त गरेका छन् ।
दरबार ह’त्या का’ण्ड अझै रहस्यमा नै रहेको र त्यसको उत्तर पाउनका लागि अझै कति समय कुर्नु पर्ने हो थाहा नहुने बताएका छन् । २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाहको वंशना’श हुने गरी भएको थियो । त्यसबारेमा अनुसन्धान गर्नका लागि कार्यदल गठन भएपनि अझै त्यसबारे सत्य तथ्य पत्ता लागेको छैन ।
ट्वीट गर्दै ज्ञानेन्द्रले भने-‘एक यस्तो हृदयका चो’ट, जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन । प्रिय दाजु र उनका परिवार प्रति हार्दिक श्रद्धा’ञ्जलि ।’