शुक्रबार २२ मंसिर २०८०

कलाकारिताको मिनी थिएटर हो, टिक टक । त्यसैमाथि कोरोना भाईरस ‘कोभिड- १९’ को कारण हरेकजसो देशले लक|डाउनको नीति अपनाएर नागरिकलाई घरभित्रै बस्न भन्यो । आफ्नो जीवनकालमा पहिलोपल्ट यति`लामो समय घरमा नै थुनिएका मानिसहरुले टिक`टकको प्रयोग अत्याधिक गरे । टिकटक विश्वव्यापी महामारीको दौरानमा सबैभन्दा बढी फस्टाएको व्यापार हो ।

कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउन`को लागि धेरै मिहेनत र खर्च गर्ने गरेका पछिल्लो समयका युवा पुस्ताले ।

नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्व`भर झण्डै २ अर्ब भन्दा बढीले प्रयोग गर्ने गरेको कम्पनिले विश्वास गरेको छ ।

टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमा`णित गरिदिएको छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने उदहारण हो, टिकटक ।

नेपालमा पनि टिकटकमा गरेको अभिनय|बाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टराई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरुमात्र हुन् ।

त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन् ।

कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ ।

शीर्षक संग सम्बन्धित भिडियो हेर्नका लागि यहाँ थिच्नु`होस्

३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया