मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / ‘घुमाउरो बाटो’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा रोजगारीका लागि विदेश पुगेका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदना समेटिएका छन् । नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तको छटपटी समेटिएको छ ।

विवेक लुईँटेलको गीतको भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाल लगायतले अभिनय गरेका छन् ।

बाबा ह’न्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् । सृजना केसीले नृत्य निर्देशन गरेको यस भिडियोलाई भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो ।

प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन् । विवेकले यसअघि नै पनि ‘घोप्टेभिर’ नामक गीत सार्वजनिक गरेका थिए । हे’र्नुहोस् भिडियो:-

४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया