
काठमाडौं / नेपालमा आज कोरोना भाइरसका ५ हजार २८५ सङ्क्र’मित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ५ लाख ६६ हजार ५८७ जना पुगेको जनाएको छ ।
हाल एक लाख चार हजार ७८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृ’त्यु भएको छ । आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन् । यससँगै देशभर ज्या’न गुमा’उनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
यो संगै काठमाडौं उपत्यकामा जारी निषे’धाज्ञाको मोडालिटि परिवर्तन हुने भएको छ । त्यसका लागि उपत्यकाका तीन जिल्लाका सिडिओहरुले तयारी थालेका छन् । उनीहरुको मंगलवार बसेको बैठकले मोडालिटिको बुँदा तयार पारेको छ । घोषणा हुन बाँकी मोडालिटिमा केही परिवर्तन भएको बताइएको छ ।
यस अघि बन्द भएका खाद्यान्नका पसल संचालन हुनेछन् । एक साता खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरहरु पूर्ण बन्द गरिएका थिए । अब ति विहान १० वजे सम्म सञ्चालन हुने भएका छन् । जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने नयाँ मोडालिटिमा उल्लेख छ ।
साथै प्रशासनले यस अघि पूर्ण रुपमा बन्द गराएका उद्योग, निर्माण कार्यका ढुवानीहरु पनि खुला गर्ने भएको छ । त्यस्ता ढुवानी सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।
अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप पनि सञ्चालन गर्न पाइने छ । उद्योगले पनि कामदारको आवासीय व्यवस्था मिलाएर संचालन गर्न सक्नेछन् । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ ।