सोमबार २० मंसिर २०७८

काठमाडौं / विवेकशील साझा दलका नेता उज्वल थापाको नि’ध न भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा नि’ध न भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थि’यो ।

आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको म’न्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज नि’ध न भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले पुष्टी गरेका हुन् ।

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आ’क्रोश पैदा हुन्छ । कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुप’योग हुन्छ भनेर । तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे ।

आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो । उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए । करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन् ।

उनी राजनीतिमा संलग्न त थिए, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको थिएन । उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन ।

चौवालीस वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा एक खालको ‘अप’वाद’ भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनाल बताउँछिन् । उनले भनिन्, “विभिन्न किसिमका सङ्घ’र्ष गरेर आएका र जनताले विश्वास गरेका नेताहरू विभिन्न किसिमका राजनीतिक खि’चातानी र भ्रष्टाचा’रमा संलग्न हुँदा जनताले उहाँहरूलाई हेर्ने दृष्टिकोण एकदम नका’रात्मक भएर गएको छ ।”

“उज्ज्वल थापाहरूको ‘नेपाल खुल्लै छ’ भन्ने अभियानले राजनीतिक कारणले आयोजना गरिने बन्दका कारण उत्पन्न नि’राशाको वाताव’रणविरुद्ध आवाज उठायो । त्यस्तै महिला हिं’साविरुद्ध बालुवाटारमा अघि बढाइएको अभियानमा पनि उहाँहरू सक्रिय भएर लाग्नुभयो र युवाहरूलाई परिचालन गरेर वैकल्पिक राजनीतिक धार स्थापना गर्न उहाँहरू सक्रिय हुनुभयो ।”

त्यसबाट सहरी मध्यमवर्गको ध्यान तान्न सफल भएको र पछिल्लो समय जुटेको सहयोगले थापालाई प्राप्त समर्थन देखाउने उनले बताइन् । “युवापुस्ता परिवर्तनको भो’का छन् र उनीहरू उज्ज्वलजस्ता नेताहरूले केही गर्न सक्छन् र उहाँहरू जस्ता व्यक्तिहरू नि’को भएर छिटो समाजसेवामा फर्किनुभयो भने हाम्रो लागि सम्भावना छ भन्ने ठान्छन् भन्ने देखाएको थियो । यो एकदमै अर्थपूर्ण थियो ।” प्रविधि उद्यमी हुँदै राजनीतिमा प्रवेश गरेका थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका थिए ।

पुराना राजनीतिक दलहरूका तौरतरिकाबाट वाक्क भएर उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए । उनी विवेकशील नेपाली दललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति आफ्नो मनमा गुम्से’का अस’न्तुष्टि पोख्न सकून् । राजनीतिक प्रणालीमा देखिएका कमी–क’मजोरी कसरी सच्याउने भन्नेबारे चर्चा–परिचर्चा गर्न सकून् । वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून् ।

धेरै युवा पुस्तामा राजनीति भनेको फो’होरी दलदल हो र यसमा ओर्लिनु फो’होरमा लतप’तिनु हो भन्ने धारणा छ । ती युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने उज्ज्वलले सन्देश दिएका छन् ।

थापाको व्यक्तित्व पनि सरल र शालिन थियो । कुनै तामझाम थिएन । उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए । अहिले उनको पक्षमा उर्लिएको सद्भावले त्यही झल्काएको छ । उनी राजनीतिमा थिए, तर राजनीतिक महत्वाकांक्षा उनमा थिएन । राजनीति बदल्ने हुटहुटी र दृढता भने थियो । बिपी कोइरालाले भनेजस्तो उनमा ‘ठूलो मान्छे होइन, असल मान्छे हुने’ ध्येय देखिन्थ्यो।

‘नेपाली राजनीतिमा एउटा वैकल्पिक स्पेस हुनुपर्छ भन्ने उज्ज्वल थापाको सुरूदेखिकै मनसाय थियो । उहाँको यही धारणाबाट प्रभावित भएर म र अरू धेरै साथीहरू यो पार्टीसँग जोडिएका हौं । हामी भर्खर भर्खर पार्टीमा आबद्ध हुँदा पनि उहाँले हामीलाई एउटा साधारण सदस्यका रूपमा कहिल्यै हेर्नुभएन । हामी सबै युवा पंक्ति मिलेर नै पार्टी मजबुत हुन्छ र कुनै न कुनै दिन यो पार्टी बलियो वैकल्पिक शक्तिमा रूपान्तरण हुन्छ भन्ने उहाँको विश्वास थियो,’ पाण्डेले भने ।

उनले यो पनि भने, ‘उहाँको यो सोचले धेरैको मन छुन सफल भएको रहेछ । अहिलेको राजनीतिबाट अस’न्तुष्ट र यसमा करेक्सन हुनुपर्छ भनी धारणा राख्ने व्यक्तिहरू प्रत्यक्ष–अप्रत्यक्ष उहाँसँग जोडिएका रहेछन् । उहाँलाई व्यक्तिगत रूपमा नचिने पनि उहाँको विचार र व्यक्तित्वबाट प्रभावित रहेछन् ।’

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया