
काठमाडौं / सरकारले बजेटमार्फत बिकासको नाममा आदिवासीको आस्थामाथि प्र’हार गर्ने नीति अवलम्बन गरेको भन्दै आदिवासी जनजाति संघसंस्थाले वि’रोध जनाएका छन् ।
यसै क्रममा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत नश्लीय राज्यसत्ताको ना’ङ्गो अनुहार देखाएको भन्दै भत्स’र्ना गरेको छ ।
महासंका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कुनै एक जातिको धार्मिक आस्थालाई राष्ट्रीय सम्पदा नै मानेर जोगाउन अर्बौं खर्च गर्ने तर आफ्नै देशका अन्य जातिहरूका आस्थागत सम्पदाहरूलाई भने विकासको नाम दिएर वि’नाश गर्ने योजना बनाउनु सरासर नश्लीय चिन्तनले उब्जाएको वि’भेद हो ।’
सरकारले बजेटमार्फत किराँतीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई फुटाउने नीति ल्याएको, ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘स्वर्गीय रवीन्द्र अधिकारी विमानस्थल’ बनाएको र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरेर ‘स्वर्गीय आङछिरिङ शेर्पा विमानस्थल’ बनाएको प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत वि’रोध गरेको छ ।
सरकारले विकासको नाममा खोकनामाथि अतिक्रमण गर्ने, खुवालुङ न’स्ट गर्ने, मुक्कुम्लुङमाथि औपनिवेश ला’द्ने, आदिवासीहरूको चि’हान चौताराहरूमाथि डोजर लगाउने जस्ता हर्क’तहरू निरन्तर भइरहेको र यसपटक बजेटमार्फत झनै बढेको भन्दै यस्ता कार्य तत्काल ब’न्द गर्न समेत महासंघले विज्ञप्तिमार्फत मा’ग गरेको छ ।
ओली सरकारले ल्याएको बजेट एकल नश्लीय र तानाशाही रहेको भन्दै महासंघले आदिवासी जनजातिहरूको उप’हास गर्ने किसिमका योजनाहरू तुरुन्त सच्याउन भनेको छ । साथै, राज्यको एकल जातिवादी, नश्लवादी, पुँजीवादी अतिक्र’मणविरुद्ध मोर्चाबद्ध भई प्रति’रोध गर्न महासंघले आम नागरिकसँग आह्वान समेत गरेको छ ।