बिहिबार ११ आश्विन २०८०

काठमाडौ / लुम्बिनीमा पनि बागमती प्रदेशकै कथा दोहोरिएको छ । सोमवार भएको राष्ट्रिय सभा उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराएर विजयी भएका हुन् । कुल २९७ मतदाता रहेको यस निर्वाचनमा पाण्डेले जम्मा १६० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमालेका चन्द्रबहादुर खड्काले १३४ मत प्राप्त गरेका छन् । खसेको कुल मतमध्ये ३ मत भने बदर भएका थिए ।

विजयी भएपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो विजय प्रतिगमन वि’रुद्ध भएको बताएका छन् । उनले अब सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई बुलंद पार्ने बताएका छन । संघीयता र गणतन्त्र ओ’झेलमा पार्ने काम भइरहेको भन्दै उनले आफ्नो जित प्रतिगमनलाई जवाफ भएको बताए।

उनी हालै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका थिए । आफ्नो जितलाई उनले राष्ट्रिय एकताको रूपमा बुझ्न आग्रह गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सघाएको थियो ।

तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कार’वाही गर्दा त्यहाँ एक पद रिक्त थियो । सोही पदमा आज उपनिर्वाचन हुँदा खड्का कांग्रेसलगायत वि’पक्षी गठबन्धनसँग पराजित भएका हुन् । साथै पाण्डेले आफ्नो जितले लोकतन्त्र, प्रजातन्त्र र मतदाताको जित भएको पनि बताएका छन् ।

५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया