
एजेन्सी / भियतनाममा कोरोना भाइरसको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएपछि यसबारे अहिले विश्वकै ध्यान खिचिएको छ । कोरोना नियन्त्रणमा अग्रणी मानिँदै आएको भियतनाम सरकारले उक्त नयाँ भेरियन्ट फेला परेपछि त्यहाँको सबैभन्दा बढी जनसंख्या भएको सहर हो ची मिन्ह शहरका सबै बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ ।
आज (सोमबार)देखि नै उक्त शहरमा प्रतिब’न्धात्मक कार्यलाई क’डा पार्न थालिएको छ त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई हप्ता लागि सामाजिक दूरी कायम गर्न निर्देशन दिइएको छ भने यसै अवधिमा शहरबासी सबै नागरिकको कोरोना परीक्षण गर्न लागेको हो ।
भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले नयाँ भेरिन्ट इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घा’त क हुने दुबै विशेषता रहेको बताए । त्यसैले यसलाई हाइब्रिड भनिएको हो । यो भेरियन्ट हावाको माध्यमबाट छिटो फैलिने समेत बताइएको छ ।
पछिल्लो समय उक्त सहरमा १०० भन्दा बढी मानिसमा संक्रमण फेला परेको छ । भियतनाममा अहिलेसम्म ७ हजार १ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले ज्या’न गु’मा ए का छन् ।
अधिकारीहरुका अनुसार गत अप्रिलदेखि यता त्यहाँ नयाँ भेरियन्टको भाइरस फैलिइरहेको छ, जसबारे थप अनुसन्धान हुन बाँकी छ । हाल उक्त शहरमा १ करोड ३० लाख भन्दा बढी मानिस रहेको बताइएको छ ।