शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / थाइल्यान्डले को’रोना महा’मारी नियन्त्रण र रोकथाम तथा सं’क्रमितको उपचारका लागि विभिन्न स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरेको छ ।

थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिएको हो ।

थाइल्यान्डकी राजदूत भोसिता भोरासाफले उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै महामारीका बेला भएको सहयोग महत्वपूर्ण रहेको बताए । यसले को’रोना नियन्त्रण र रोकथामका साथ उपचारमा पनि सहज हुने उनको भनाइ छ ।

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेसशिल्ड पाँच हजार सहयोग गरेको छ ।

त्यस्तै रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाललाई सहयोग गरेको हो । ( news 24 nepal बा’ट )

६७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया