शुक्रबार १७ चैत्र २०७९

काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गर्नुभएको छ । पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवै’धानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आ’रो प लगाउनुभयो ।

संसद पुनःस्थापना हुने र यो बजेट खा’रे ज हुने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विप’रीत काम भएको छ, निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ ।’

हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आ’रो प लगाउँदै पूर्वअर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले भन्नुभयो, ‘आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मे’वारपूर्वक रुपमा बजेट आएको छ ।’

५२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया