शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।

यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।

यस्तै ५ प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको पुनर्कर्जाको सुविधाको निरन्तरता दिइएको छ । यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियत पूर्ण कर्जाको निरन्तरता दिइने । यसको लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उदेश्यले परियोजनाको धितोमा १ प्रतिशत व्याजमा २५ लाखसम्म बिउ पूँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् । स्नातक वा सोभन्दा माथिको योग्यता भएकाले शैक्षिक प्रमाण पत्रको धितोमा अधिकत्तम ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

७२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया