बुधबार २२ मंसिर २०७८

काठमाडौं / सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् । उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै अन्य सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने अर्थमन्त्री पौडेलले बताए ।

४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया