
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गर्नुभएको छ । शनिबार विज्ञप्तीमार्फत आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो ।
उक्त तीन वटा अध्यादेशमध्ये आज ४ बजे सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने भनिए पनि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । साथै, सर्वाेच्च अदा’लतमा दायर भएका मु’द्धाहरु फै’स ला लागिनसकेको अवस्थामा र प्रतिनिधिसभा ब्युँ’तिएको अवस्थामा अहिले ल्याइएको बजेट र’द्ध गरेर अर्काे पूर्ण बजेट ल्याइनेछ ।
संसद विघ’टन गरेपछि मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुने लगायत सार्वजनिक खब’रदारीलाई सरकारले बेवा’स्ता गरेको छ ।